गाडी किन्ने रकम अस्पताललाई दिने मेयर

मङ्गलबार, ११ मङि्सर २०७५, ०८ : २४ योगेश रावल

टीकापुर - कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईं फेरि एकपटक चर्चामा आएका छन्। बेला–बेला विभिन्न जनमुखी काम गरेर चर्चामा आइरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चर्चामा आएका हुन। तेस्रो नगरसभाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ कार्यपालिका बैठकमार्फत उनले वडा नम्बर १० मा बनाउन लागिएको अस्पतालका लागि खर्च गर्ने निर्णय गराएका हुन्। उनले गाडी किन्ने रकममा अन्य शीर्षकबाट झिकेर १५ लाख रुपैयाँ थप गरी अस्पताल निर्माणमा लगाउने निर्णय गरेका छन्।

मंसिर ९ गते बसेको कार्यपालिका बैठकले नगरपरिषद्को निर्णय परिवर्तन गरेको हो। नगरसभाले कार्यपालिकालाई शीर्षक परिवर्तन गरेर खर्च गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको थियो। सोही अधिकार प्रयोग गरेर मेयर बजगाईंले यस्तो निर्णय गर्न प्रस्ताव गरेका थिए।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ बजेट अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेका हुन्।

गाडी चढ्ने कुराभन्दा नगरबासीको स्वास्थ्य समस्या ठूलो भएकाले यस्तो निर्णय गरेको उनले बताए। ‘मैले गाडी चढ्नुभन्दा ठूलो नगरबासीको स्वास्थ्य हो,’ उनले भने, ‘नगरबासीको सुविधाका लागि बरु म पैदल हिंड्न तयार छु।’

नगरपालिकाको पहलमा एक सय शैयाको सामुदायिक अस्पताल बनाउन लागिएको छ। नगरपालिकाले नै अस्पताल निर्माणको अगुवाइ गरेको छ। मेयर बजगार्इंले अस्पताल निर्माणका लागि डिपिआर तयार भइरहेको जानकारी दिए।

अस्पताल निर्माणका लागि चुहास्थित नवजागृति माविले २ विगाह ७ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएको छ। विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले अस्पताल निर्माणका लागि निःशुल्क जमिन उपलब्ध गराउने निर्णय गरेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता विष्णु खनालले जानकारी दिए। उनले सोही जमिनसँग रहेको २ विगाह १० कठ्ठा ऐलानी जग्गासमेत अस्पतालले उपभोग गर्न पाउने गरी सहमति भएको बताए।

अस्पताल निर्माणका लागि कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावलको सांसद विकास कोषबाट १ करोड १० लाख रुपैयाँ छुट्याइएको छ। अपुग रकम नगरपालिकाको पहलमा जुटाउने तयारी छ।

नगरपालिकासँग से १ झ २३३ नम्बरको एउटा गाडी छ। यो गाडी मेयरले प्रयोग गर्दै आएका छन्। सोही गाडी नगरपालिकाको अन्य कामकाजमा समेत प्रयोग हुने गरेको छ। गाडी किन्ने रकम अस्पताललाई दिने निर्णय गरेपछि मेयर बजगाईं यतिबेला सामाजिक सञ्जालमा छाएका छन्। सबैले उनको प्रशंसा गरिरहेका छन्।

देशका अधिकतर स्थानीय तहका प्रमुखले आर्थिक अनियमितता गरेको भन्दै आलोचना भइहेका बेला मेयर बजगाईं उदाहरणीय बनेका छन्। उनको कार्यको सिको गर्न जनताले अन्य स्थानीय तहका प्रमुखलाई सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेका छन्।






यसमा तपाईको मत

अन्य समाचार

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका नवनिर्वाचित अध्यक्ष अमिरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । ...

माइती नेपाललाई स्ट्यान्डर्ड चार्टर्डबाट मेसिन

माइती नेपाललाई स्ट्यान्डर्ड चार्टर्डबाट मेसिन

स्ट्यान्डर्ड चार्टर्ड बैंकले माइती नेपाललाई स्यानिटरी नेपकिन निर्माण गर्ने दुई मेसिन हस्तान्तरण गरेको जनाएको छ । ...

बुद्ध एयरको टिकट मोबाइल एपबाट बुकिङ तथा खरिद गर्दा विशेष छुट

बुद्ध एयरको टिकट मोबाइल एपबाट बुकिङ तथा खरिद गर्दा विशेष छुट

मोबाइल एपबाट टिकट बुकिङ गर्दा बुद्ध एयरलाइन्सले विशेष छुट दिने भएको छ। बुद्ध एयरको एप र वेवसाइटबाट अनलाईन टिकट बुकिङ/खरिद गर्दा...