आर्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्दैन : प्रधानमन्त्री

सोमबार, १० मङि्सर २०७५, २१ : ३९ नागरिक

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छन्। 

उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को प्रथम बैठकलाई साेमवार सिंहदरबारमा सम्बोधन गर्दै उनले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिन्छ भने। उनले भने, “परम्परागत ढङ्गले धान, गहुँ, आलु फलाएर मात्र आर्थिक वृद्धि र समृद्धि हासिल हुँदैन, खनिज पदार्थको उत्खनन र कृषिको आधुनिकीकरणमार्फत देशलाई समृद्ध बनाउन सकिन्छ।” 

प्रधानमन्त्री ओलीले देश निर्माणको प्रमुख आधार सुशासनको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनुपर्ने बताउँदै सरकार यथाशक्य लचिलो भएर ऐनकानून परिमार्जन गर्न तयार रहेको जानकारी दिए। सङ्घीय संसद्को आगामी अधिवेशनमा आफ्ना क्षेत्रमा भएका ऐनकानूनका अप्ठ्यारालाई लिपिबद्ध गरेर संसद् सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गरे। उनले भने, “संसद्को आगामी अधिवेशनमा संशोधन गर्नुपर्ने ऐनकानूनहरु कारणसहित पेश गर्नुहोस्, हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं।” रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad