coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्यटनमन्त्री अधिकारीलाई गृह जिल्लामा कालो झण्डा, ६ पक्राउ

काठमाडौं- गृह जिल्ला कास्की पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा पोखरामा कालोझण्डा देखाइएको छ।

वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोक नयाँ शक्ति विद्यार्थी युनियनले कालो झण्डा देखाएको हो।

कालो झण्डा देखाएको आरोपमा ६ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको कांस्की प्रहरीले बतायो। पक्राउ पर्नेमा नेत्र चापागाई, विशाल तिमिल्सिना, नरेन्द्र बस्याल, रेशम सापकोटा, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट रहेका छन्।

संसदको सार्वजनिक लेखा समितिले समेत वाइडबडी खरिदमा प्रश्न उठाएको छ। समितिको आइतबार बसेको बैठकमा समितिमा सांसदहरुले विमान खरिदबारे प्रश्न गरेका थिए। बैठकमा समितिका सभापति भरत शाहले ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरे। २४ अर्वको खरिदमा नेपाल वायुसेवा निगमलाई आउनुपर्ने कमिशन २ अर्व ४० करोड कता गयो? भन्दै समितिले वाइडबडी खरिदबारे प्रश्न गरेको थियो।

प्रकाशित: १० मंसिर २०७५ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App