निर्मलाका बुबा भेट्न शिक्षण अस्पताल पुगे पूर्व प्रधानमन्त्री भट्टराई (भिडियो)

सोमबार, १० मङि्सर २०७५, १३ : ५८ केशव थोकर

शिक्षण अस्पताल महाराजगञ्जमा निर्मला पन्तबा बुबा यज्ञराजलाई भेट्दै पूर्व प्रधानमन्त्री भट्टराई। तस्बिर : केशव थोकर

काठमाडौं- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई भेटेका छन्।

छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मलाका बुबा यज्ञराजको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आइतबार काठमाडौं ल्याइएको थियो। नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराई पत्नी हिसिला एमयी सहित अस्पताल पुगेर पन्तको स्वास्थ्यको जानकारी लिएका थिए।

भट्टराईले आफुहरु निर्मलाको न्यायको निम्ति लडिरहेको उनका बुबालाई बताए। पन्तको खानपिनबारे समेत भट्टराईले चासो व्यक्त गरेका थिए। खान आए पनि खान मन नलागेको पन्तले बताए।

एकोहोरो बोलेको बोल्यै गर्ने र आफू के बोलें भन्ने थाहा नपाउने जस्ता असामान्य व्यबहार देखाएपछि उनलाई उपचारको लागि काठमाडौं ल्याइएको हो।

दुई हप्तादेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि उनी न्याय माग्दै धर्नामा बसेका थिए। गत साउन १० मा छोरी निर्मला हराएदेखि न्यायको लागि उनी संघर्षरत छन्। साउन ११ मा छोरीको बलात्कार र हत्याभएको पीडामा रहेका यज्ञराज दोषीको पहिचान र कारबाहीको माग गर्दै कञ्चनपुरदेखि काठमाडौसम्म आएर हार गुहार गरे। तर हत्या भएको ४ महिना पुग्नलाग्दा पनि प्रहरीले अपराधी पहिचानसमेत गर्न असफल भइरहेको छ।

१३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो। घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर बर्खास्त भएका छन्।

 






यसमा तपाईको मत

अन्य समाचार

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

एसियन पेन्ट्सको रोयल हेल्थ सिल्ड बजारमा

एसियन पेन्ट्सको रोयल हेल्थ सिल्ड बजारमा

एसियन पेन्ट्स नेपालले रोयल हेल्थ सिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad