७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अफगान राष्ट्रपति जेनेभा प्रस्थान

तस्बिर : एजेन्सी

काबुल - अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ। अफगानिस्तानको विषयमा जेनेभामा हुन गइरहेको विशेष छलफलमा सहभागिताका लागि उनी त्यसतर्फ लागेका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

अफगानिस्तानको विषयमा जेनेभामा ‘जेनेभा सम्मेलन’ हुन लागेको छ। भोलि मङ्गलबारदेखि दुई दिनसम्म सञ्चालन हुने सो सम्मेनलमा अफगानिस्तानको वर्तमान अवस्था र त्यहाँ तालिबानले चलाइरहेको हिंसा अन्त्यका लागि सो सम्मेलनमा छलफल हुने भएको हो। अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार राष्ट्रपति घानीले मङ्गलबार र बुधबार सम्मेलनलार्इ सम्बाेधन गर्नेछन्। सो सम्मेलनमा विभिन्न देश र संघ संगठनका उच्च स्तरीय प्रतिनिधिहरुको सहभागीता रहने बताइएको छ। छलफलमा अफगान राष्ट्रपतिले विभिन्न देशका राष्ट्रपति तथा सरकार प्रमुखहरुसँग द्वीपक्षीय वार्ता पनि गर्ने बताइएकाे छ।

युद्धले अक्रान्त भएको देश अफगानिस्तानको विकास र अर्थतन्त्र लक्षित यस सम्मेलनका विश्वका ७० देश अन्तर्राष्ट्रिय संघ संगठनको सहभागीता रहने जनाइएको छ। अफगान तालिबानसँग संयुक्त राष्ट्रसंघको आह्वानमा शान्तिवार्ताका लागि सरकारले प्रयास गरेको भनिए पनि वार्ता भने हुन सकेको छैन। अफगानिस्तानमा हिंसा अहिले पनि जारी छ। 

प्रकाशित: १० मंसिर २०७५ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App