८ वैशाख २०८१ शनिबार
राजनीति

कार्यविभाजन निश्चित गर्न नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं– थप गृह कार्य गर्न आवश्यक भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ। केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनका लागि थप गृहकार्य गर्नुपर्ने भन्दै सोमबारका लागि पूर्वनिर्धारित बैठक स्थगित गरिएको हो।

आइतबार दिनभर गृहकार्य गरेर सोमबार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यबिभाजनलाई टुंगोमा पु¥याउने भनिएको थियो। नेकपाका केन्द्रीय कार्यालय सचिब नेता कृष्ण गोपाल श्रेष्ठका अनुसार कार्यबिभाजन टुंग्याउन गठित कार्यदलले ४४१ केद्रीय सदस्यको कार्यविभाजन आज निर्धारण गर्नेछ। ‘आज कार्यदलले कार्यविभाजनको विस्तृत खाका तयार गरेपछि सचिबालय बैठकमा पेस हुनेछ,’ श्रेष्ठले भने। कार्यविभाजन र प्रेदश कमिटीको पूर्णतालाई अहिले प्राथमिकता दिइएको उनले बताए।

पोलिटव्यूरो गठन गरेरमात्र केन्दीय कमिटीको कार्य बिभाजन गर्न केही नेताहरुले भने पनि केन्दीय सचिबालयले कार्यविभाजनलाई नै प्राथमिकतामा राखेको हो। पोलिटव्युरो गठनको एजेण्डा अहिले ओझेलममा परेको छ।
सचिवालयले केन्द्रीय सदस्यहरुको कार्य बिभाजन र प्रदेश कमिटी सदस्यहरुको नामे टुंगो लगाएपछि स्थायी कमिटी बैठकबाट अनुमोदन गरिने श्रेष्ठले बताए।

 

प्रकाशित: १० मंसिर २०७५ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App