coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल र ट्रयाक्टर दुर्घटनामा परी दुईको मृत्यु

गौशाला – महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्रयाक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–१ बस्ने ओमकलादेवी चौधरी र ट्रयाक्टर दुर्घटनामा परी मृत्यु हुनेमा गौशाला नगरपालिका–२ का ३ वर्षीय बालक लालु मण्डल रहेका छन्।

आइतबार साँझ जिल्लाको बर्दिवासबाट जलेश्वरतर्फ आइरहेका ना २३ प ९३६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ८५७१ नम्बरको मोटरसाइकल एकापसमा रामगोपालपुर–७ टिकुलियामा ठक्कर खाँदा महिला चौधरीको मृत्यु भएको थियो भने गौशाला नगरपालिका–२ को निगौल सडकमा ज १ त ३४९१ नम्बरको ट्र्याक्टरले सडकमा खेलिरहेका बालक मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकाले बताए। रासस

प्रकाशित: १० मंसिर २०७५ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App