निर्मलाका बुवा काठमाडौंमा

सोमबार, १० मङि्सर २०७५, ०७ : ५१ दिलबहादुर छत्याल

297


धनगढी - असामान्य व्यवहार देखाउन थालेपछि निर्मला पन्तका बुवा यज्ञराजलाई चिकित्सकको सुझावअनुसार उपचारका लागि काठमाडौं लैजान जिल्ला प्रशासन कञ्चनपुरले बुद्ध एयरलाइन्सको जहाजमा चारवटा टिकट लिइदियो। शनिबार साँझ करिब साढे ४ बजे उनलाई लिएर श्रीमती दुर्गादेवीसहितका आफन्त धनगढी विमानस्थल पुगे।

विमानस्थलमा पार्किङ गरेका गाडीलाई लात्ताले हान्न खोज्ने, कराउने, गाली गर्ने र यात्रु प्रतीक्षालयमा बसेका यात्रुलाई पिट्न खोज्नेजस्ता असामान्य व्यवहार देखाउन थालेपछि बुद्धका कर्मचारीले उनलाई जहाजमा लैजान इन्कार गरिदिए। एकजनाका कारण अरु यात्रुलाई पनि समस्या हुने तर्क कर्मचारीको थियो। असामान्य व्यवहार बढेपछि शनिबार साँझ उनलाई करिब १० किलोमिटर दूरीमा रहेको धनगढीस्थित सेती अञ्चल अस्पताल पु-याइयो। आकस्मिक कक्षमा जाँच गर्न आएका चिकित्सकको आला खोसेर अकाशमा घुमाउन थालेपछि उनलाई बल्लतल्ल समालियो। जहाजले नलगेपछि उनलाई एम्बुलेन्सबाट काठमाडौं लैजान खोजियो। एम्बुलेन्स पनि नपाइएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा उनलाई स्कारपिओ जिपमा राखेर शनिबार राति ११ बजेतिर काठमाडौं पठाइयो। पत्नी दुर्गादेवीसहितका आफन्त पनि साथै काठमाडौं लागे। ठाउँठाउँमा गाह्रो भएपछि रोकेर आराम गर्दै लैजानुपरेको भाइ ईश्वर जोशीले बताए। ‘शनिबार हिँडेको आइतबार साँझमात्र काठमाडौं आइपुग्यौं’, उनले टेलिफोनमा भने, ‘काठमाडौं ल्याइपु-याउन हम्मेहम्मे भयो।’

दुर्गादेवीले पनि सम्हाल्नै नसक्ने अवस्था हुँदा पतिलाई उपचारका लागि काठमाडौं पु-याउन निकै सास्ती खेप्नुपरेको बताइन्। पुत्रीवियोगमा रहेकी दुर्गादेवीलाई असामान्य व्यवहार देखाइरहेका पति यज्ञराजको उपचार गराउने कुराले पिर थपेको छ। ‘नियन्त्रण गर्नै नसकिने व्यवहार गर्दा सम्हाल्नै गाह्रो हुन्छ’, उनले भनिन्। महेन्द्रनगरबाट काठमाडौं पु-याउन २५ घण्टा लागेको र बाटोमा धेरै गाह्रो भएको उनले बताइन्। आइतबार साँझ ६ बजेतिर काठमाडौं आइपुगेको उनले टेलिफोनमा बताइन्।

घरमा रहेका १५ वर्षीय छोरी मनिषा र ११ वर्षीया छोरी सरस्वतीको चिन्ता लागेको दुर्गाले बताइन्। ‘यता उहाँ (श्रीमान्) को अवस्था सम्हाल्नै नसकिने भएर कसरी उपचार गर्ने भन्ने छ, उता छोरीहरु एक्लै छन्’, उनले भनिन्। साथीको घरमा पढ्न गएकी छोरीलाई दिउँसै बलात्कार गरेर हत्या गर्नेको अहिलेसम्म पत्ता नलागेकाले घरमा एक्लै रहेका छोरीहरु पनि डराउने उनले बताइन्। ‘तपाईं नै जानुपर्छ भनेकाले उपचारका लागि म नै आउनुप-यो’, उनले भनिन्। यज्ञराजलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ।

बाटोमा असुरक्षा नहोस् भनी दुई प्रहरीलाई सादा पोसाकमा साथै पठाइएको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख सुरज केसीले बताए। एकजना स्वास्थ्यकर्मी पनि उनीसँगै गएका छन्। यसअघि पनि मानसिक समस्याको औषधि खाएका यज्ञराजलाई चिसोमा धर्ना बस्दा समस्या देखिएको बुझिएको केसीले बताए।

पन्त हत्यामा ‘आलोचना’ नगर्न सरकारी सारमाध्यमलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको विषयमा सरकारलाई रचनात्मक सहयोग गर्न सरकारी सञ्चारमाध्यमलाई निर्देशन दिएका छन्। पन्तको हत्यारा पत्ता नलागेको भन्दै सरकारको आलोचना भइरहेका बेला मन्त्री बास्कोटाले यस्तो आग्रह गरेका हुन्।

सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समितिका प्रमुख तथा सम्पादकसँगको भेटमा पन्त हत्यासहितका विषयमा ‘आलोचनात्मक’ नहुन मन्त्री बास्कोटाले आग्रह गरेको स्रोतको दाबी छ। ‘निर्मला पन्तको बलात्कारपछिको हत्यासहितका विषयमा तपाईंहरु क्रिटिकल होइन, रचनात्मक भएर सरकारलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएको छु,’ भेटमा सहभागी एक सम्पादकले मन्त्री बास्कोटाको भनाइ उद्धृत गरे।








यसमा तपाईको मत

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...