४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

चिनियाँ दूतावास हमलामा भारतको हातः पाकिस्तान

इस्लामावाद– पाकिस्तानले कराँचीस्थित चिनियाँ महावाणिज्य दूतावासमा भएको हमलामा भारत जिम्मेवार रहेको आरोप लगाएको छ। शुक्रबार दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा दुई सुरक्षाकर्मीसहित ७ जनाको ज्यान गएको थियो। जसमा दुई सर्वसाधारण र ३ जना आक्रमणकारी छन्। 

घटनाको दुई दिनपछि बलूचिस्तान प्रान्तका गृहमन्त्री सलीम खोसाले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा भारत जिम्मेवार रहेको बताएका छन्। दूतावासमा भएको हमलाका मुख्य योजनाकार असलम अच्छु भारतमा बसिरहेको उनको दाबी छ। 

पाकिस्तानी सञ्चार माध्यमका अनुसार मृत्यु भएको भनिएका असलम भारतमा उपचार गराइरहेको दाबी मन्त्री सलीमले यसबाट भारत बलूचिस्तानमा स्थिती प्रतिकुल बनाउने प्रयासमा लागेको देखिएको बताए। बलूचिस्तान प्रान्तमा पछिल्लो समय चिनियाँ लगानीका ठूला आयोजना सञ्चालनमा छन्।

पाकिस्तानको आतंकवाद निरोधी संगठन (सिटिडी)का प्रमुख राजा उमर खत्ताबका अनुसार हमलामा सी–४ प्लास्टिक विस्फोटक पदार्थको प्रयोग गरिएको थियो, जो पाकिस्तानमा पाइँदैन।

खत्ताब भन्छन्, ‘चरमपन्थीलाई यो विस्फोट सामग्री ति शक्तिले उपलब्ध गराएका हुन, जसले हमला गराए।’ उनले यो घटना भारतको खुफिया एजेन्सीको योजनामा भएको आरोप समेत लगाए।

यद्यपी शुक्रवार भएको घटनाको जिम्मेवारी पृथकतावादी संगठन बलूचिस्तान लिब्रेशन आर्मीले लिइसकेको बीबीसीले जनाएको छ। त्यस्तै, चरमपन्थी संगठन तहरिक–ए–लब्बैक या रसूलअल्लाहका प्रमुख खालिद रिजवीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। 

घटनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अाफ्नाे सरकार, विपक्षी, सेना र चिनियाँ सरकार एक साथ रहेकाे बताएका छन्। 

प्रकाशित: ९ मंसिर २०७५ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App