coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

९ कक्षामा पढ्ने जाजरकोटका अमिनको प्रश्न : खै दुर्इ तिहाइ सरकार ?

जाजरकोट-
सरकार तिमी कहाँ छौं 
कहाँ छ तिम्रो दुर्इ तिहाइ 
खुसी छाउने छ जव
पीडित पक्षले न्याय पार्इ 

सयौं दर्शकहरुका माझ भाव विह्वल भएर गाइएको एउटा  गीतका यी शब्दहरु त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटको कक्षा ९ मा पढ्ने अमीन विकका  हुन्।

अमिनले आइतवार जाजरकोट सदरमुकाम खलंगाको गैरीखालीमा यो गीत गाउँदा कार्यक्रममा उपस्थित सयौं दर्शकहरु चकित परे। नेकपा नेतृत्वको दुर्इ तिहार सरकार विरुद्ध एकोहोरो खनिएका यी अवोध बालकको ५ मिनेट लामो गीत कार्यक्रममा उपस्थित  सवैले निकै रुचि र ध्यान दिएर मात्र सुनेनन् उनको  गीतको समर्थनमा भव्य ताली समेत दिए। 

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातका अवसरमा जिल्लाको भेरी नगरपालिकाले आयोजना गरेको चेतनामुलक खुल्ला लोकगीत प्रतियोगितामा निकै मिठो र अनि मार्मिक तरीकाले अमिनले गीत गाउँदा सवै स्तव्ध मात्र भएनन् धेरैका आँखा पनि रसाए। देशमा दुर्इ तिहाइको सरकार भएर पनि कन्चनपुरकी निर्मला पन्तलार्इ बलात्कार गरेर हत्या गर्नेलार्इ हालसम्म कारबाही नभएको प्रति कडा आक्रोस व्यक्त गर्दै अमिनले गीत मार्फत सरकारको गैरजिम्मेवारी पनकै कारण लैंगिक हिंसा अन्त्य हुन नसकेको असन्तुष्टी पोखे।

कार्यक्रममा अमिन मात्र होइन लोकगीत प्रतियोगितामा भाग लिने सवै महिला तथा पुरुषहरुले गीत मार्फत सरकारको कडा आलोचना गरे। दुर्इ तिहाइ बहुमतको सरकार हुँदा पनि हिंसा पीडित बालिका तथा महिलाहरुले सुरक्षाको अनुभुति गर्न नपाएको उनीहरुको गुनासो थियो।

लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अाइतबारदेखि  मंसिर २४ गते सम्म अर्थात  नोभेम्वर २५ देखि डिसेम्वर १० तारिख सम्म 'लैंगिक हिंसा र दुर्व्यवहार छैन हामीलाइ स्वीकार' भन्ने मुल नाराका साथ नेपालमा  विभिन्न कार्यक्रम गरी मनाइदैछ।

 

प्रकाशित: ९ मंसिर २०७५ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App