८ वैशाख २०८१ शनिबार
समाज

मदिरा सेवन गर्ने वडा सचिव कारबाहीमा

रुकुम - मदिरा सेवन गरेर कार्यालयमा होहल्ला गरेको भन्दै रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिकाले एक वडा सचिवलाई कारबाही गरेको छ। नगरपालिका वडा नं. ११ का वडासचिव बालकृष्ण गिरीलाई कारबाही गरिएको हो।

गिरीले कार्यालय समयमा मदिरा सेवन गरी होहल्ला गरेपछि प्रहरीको सहयोगमा उनलाई कारबाही गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए। उनका अनुसार गिरीलाई पहिलो पटक कारबाही स्वरुप नौ हजार जरिवाना गरिएको छ।

नगरपालिकाले यहाँ मदिरा नियन्त्रणका लागि निर्देशिका बनाएर कार्यान्वयनमा ल्याएको छ। निर्देशिकामा कुनैपनि कर्मचारीले मदिरा सेवन गरेको पाइएमा पहिलो पटक नौ हजार जरिवाना गर्ने, दोस्रो पटक १८ हजार जरिवानासहित सरुवा गर्ने र तेस्रो पटकपनि गरेमा जागिरबाटै बर्खास्त गर्ने व्यवस्था भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए। यसका साथै नगरपालिकाले तीन जना अन्य कर्मचारीलाई पनि सरुवा गरेको छ। 
 

 

प्रकाशित: ९ मंसिर २०७५ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App