coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘लैंगिक हिंसाविरुद्धको अभियान १६ कि ३६५ दिन !’

लैंगिक हिंसा विरुद्ध आइतबार दिक्तेलमा निकालिएको र्याली । तस्बिर : दमन/नागरिक

खोटाङ – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा खोटाङका महिला अधिकारकर्मीले भने ३६५ दिननै महिला हिंसाका घट्ना न्यूनिकरणका लागि प्रयत्न गर्नुपर्ने बताएका छन्।

पछिल्लो समय महिलामाथि बढ्दै गएको यौन हिंसा, बलात्कार, हत्या लगायतका जघन्य हिंसाका घटना विरुद्धको अभियान १६ दिने औपचारिक कार्यक्रममा मात्र सिमित गरिए हिंसाका घटना न्यूिनकरण गर्न नसकिने अधिकारकर्मीको भनाई छ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान उद्घाटनका अवसरमा आइतबार दिक्तेलमा आयोजित कार्यक्रममा पूर्वसभाषद दुर्गाजयन्ती राईले वर्षको ३६५ दिनमध्ये १६ दिन मात्र लैंगिक हिंसा विरुद्धको नारा लगाए महिला हिंसाका घटना निमिट्यान्न पार्न नसकिने उल्लेख गरिन्। ‘३६५ दिनमा हामी १६ दिनमा मात्रै हामी सिमित भयौँ भने महिला हिंसाका घटना न्यूनिकरण हुँदैन र निमिट्यान्न बनाउँन सकिन्न,’ पूर्वसभाषद राईले भनिन्, ‘त्यही भएर ३६५ दिननै महिला हिंसाका घटनालाई न्यूनिकरण गर्न र निमिट्यान्न पार्नका लागि पहल प्रयात्न गर्नुपर्छ।’

र्याली निकालेपछि जिल्ला समन्वय समितिको परिषरमा आयोजित कोणसभामा पूर्वसभाषद राईले महिला हिंसाकोबीचमा भएको भौतिक विकासले देश समृद्ध बन्न नसक्ने बताइन्। ‘समृद्ध  नेपालमा ठूला भवन बने होलान्, सबै जनताको घरमा खानेपानीको पाइप पुग्छन् होला,’ राईले भनिन्, ‘तर महिला बलात्कृत भइरहनुपर्ने, महिलालाई शिक्षामा विभेद भइरहनुपर्ने, धर्मको नाममा विभेद गरिरहनुपर्ने हो भने ठूला भवन, चिल्ला सडक र खानेपापनीका धारा बन्दैमा समृद्ध नेपाल बन्दैन।’ उनले मुलुकको आधा हिस्सा ओगटेका महिलालाई समृद्ध नेपालको अभियानमा जोड्नेगरी कुनै पनि सरकारले ठोस कार्यक्रम नबनाएको बताइएकी छन्।

जिल्ला समन्वय समितिका उप्रमुख गोमादेबी खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखादेबी पाण्डे, कांग्रेस नेता सुमानबाबु आचार्य लगायतले पनि महिलामाथि हुने सबै खालका हिंसा अन्त्याका लागि एकजुट हुनुपर्ने बताएका छन्। कोणसभा अघि दिक्तेलबजारमा संयुक्त र्याली निकालिएको थियो।

खोटाङमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ को शाखा कार्यालय दिक्तेल, जिल्ला प्रहरी कार्यालय, गैसस महासंघ, अन्तरपार्टी महिला सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, सामुदायीक बन उपभोक्ता महासंघ नेपाल, इन्सेक लगायतका ११ कार्यालय तथा संघसंस्थाले बिभिन्न कार्यक्रम गर्दै आगामी डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७५ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App