८ वैशाख २०८१ शनिबार
समाज

किशोरीहरु असुरक्षित

बीरगन्ज - गाउँदेखी सहरसम्म, घर बाहिर र घरभित्रै किशोरीहरु असुरक्षित रहेको तथ्य सार्वजनिक भएकाे छ। पर्सा जिल्लामा सन २०१८ को जनवरीदेखी हालसम्म ११ महिनाको तथ्यांकले किशोरीहरु सबैभन्दा बढी असुरक्षित रहेको देखाएको छ।

प्रहरीले अनुसन्धान गरेर मुद्दाको रुपमा अगाडी बढाएका घटनाको अभिलेख अनुसार वर्षभरिमा पर्सामा १८ वर्ष मुनिका १७ किशाेरी बलात्कृत भएको घटना उल्लेख छ भने एक किशाेरीमाथि बलात्कारकाे प्रयास भएकाे छ। यस्तै १८ वर्षभन्दा माथिका ६ जना किशारी बलात्कारबाट पीडित भएका छन् भने दुर्इ जनामाथि बलात्कारकाे प्रयास भएकाे छ।

बलात्कार र बलात्कार प्रयासका घटनामध्ये करिब ७० प्रतिशत पीडितहरु १८ बर्ष मुनिका हुने गरेको तथ्यांकले देखाएको हो। किशाेरीमाथि बढेका हिंसालार्इ सरोवारवालाहरुले ‘चिन्ताजनक’ बताएका छन्। अनौपचारिक सेवा केन्द्र इन्सेकले बर्ष पुस्तक २०१९ का लागि संकलित गरेको सन् २०१८ का घटनाहरुकाे तथ्यांक समिक्षाकाे लागि राखिएकाे गोष्ठीमा सहभागि सरोकारवालाहरुले राज्य र नागरिक संस्थाहरुले सामुहिक र आ–आफ्नो स्तरबाट यस्ता घटना हुन नदिन ठोस प्रयास गर्नुपर्ने बताए।

प्रकाशित: ९ मंसिर २०७५ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App