coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यसरी हुँदै छ तमोरमा र्‍याफ्टिङ

पाँचथर – शनिबार दिउँसो पाँचथरको हिलिहाङ गाउँपालिका पर्ने पञ्चमीको पिनासीघाटमा युवाहरू एकातिर उत्साहित थिए भने अर्कोतिर संशकित पनि थिए। तमोर नदिको यो किनारामा हेर्नेहरूको संख्या पनी उत्तिकै थियो। यहाँ साहसीक खेलको रुपमा लिइने र्‍याफ्टिङ हुन लागेको थियो।

तमोरमा कहिलेकाही विदेशीहरू र्‍याफ्टिङ गर्दै आएपनि व्यवसायिक रुपमा यो काम सुरु भएको थिएन। तमोर भ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालिले तमोरको पिनासिघादेखि माझिटारसम्म व्यवसायिक रुपमा र्‍याफ्टिङ गराउने काम थालेको हो। एडेभन्चर रिभर ट्रेल्सको प्राविधिक सहयोगमा दैनिक रुपमा र्‍याफ्टिङ गराउने काम थालेको हो।

फिदिमदेखि जिपमा पिनासीघाटसम्म लगेर जलयात्रा गराउने कामको प्रारम्भ भएको हो। सात वर्षदेखि काम गरिरहेका गाइडर राजन थापा मगरको गाइडमा जलयात्रा हुन थालेको हो। अहिले एक पल्टमा १० जनालाई जलयात्रा प्रारम्भ भएको छ। आवश्यकता अनुसार थप्दै जाने प्रालिका प्रमुख दिपेन्द्र तुम्बापोले जानकारी दिए।

पिनासिघाटदेखि नक्कले, थामदिन, सेती, सिमालिघाट हुँदै करिब १२ किलोमीटर जलयात्रामा माझिटार पुगिन्छ। साढे २ घण्टामा जलयात्रा गरी दुरी पार हुने गाइडर थापाले जानकारी दिए। नेपाल र्‍याफ्टिङ एसोसिएसनका पूर्व अध्यक्ष गोपाल खरेलका अनुसार तमोर नदिमा ताप्लेजुङको दोभनदेखि सुनसारीको चतरासम्म सन् १९९७ सालमा सर्वे भएको थियो।

सन २००२ देखि यो नदि पनि र्‍याफ्टिङ गर्न खोलाको सूचिमा परेको उनले जानकारी दिए। केहिठाँउमा टेक्निकलली काम गर्नुपर्ने भएपनि यो रुट रोमाञ्चक भएको गाइडर थापाले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App