coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय मन्त्रीहरु पाकिस्तान जाने

इस्लामाबाद- भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था रहेका बेला दुर्इ भारतीय मन्त्री पाकिस्तान जाने भएका छन्। शिख समुदायकाे धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमा नाका खोल्ने समारोहमा सहभागी हुन गरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ। 

भारतका दुई जना मन्त्रीले पाकिस्तानको भ्रमण गर्नेगरी आमन्त्रण स्वीकार गरेको बताइएको छ। पछिल्ला वर्षहरुमा भारत र पाकिस्तानबीच सम्बन्धमा तिक्तता आएको छ। 

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले भारतीय समकक्षी विदेशमन्त्री सुष्मा स्वराजलाई कर्तारपुर सीमानाका खोल्ने समारोहमा भाग लिन आमन्त्रण गरेका थिए। उक्त नाका यही नोभेम्बर २८ मा खोल्ने कार्यक्रम छ। 

यो नाकाबाट भारतीय शिख समुदायका श्रद्धालुहरु पाकिस्तानमा रहेको शिख सम्प्रदायका संस्थापक गुरु नानकको तीर्थस्थल पुग्नेछन्। यद्यपी भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तान भ्रमणको निम्तो अस्वीकार गरेपनि भारतीय दुई मन्त्री सहभागी हुने बताइएकाे छ। 

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले भारतसँगको सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गरेका बेला भारतबाट मन्त्रीद्धयकाे भ्रमण हुन लागेकाे हाे। 

प्रकाशित: ९ मंसिर २०७५ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App