coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल, भारत र श्रीलंकाबीच त्रिकोणात्मक क्रिकेट सिरिज हुने

काठमाडौं– नेपाल, भारत र श्रीलंकाबीच त्रिकोणात्मक क्रिकेट सिरिज हुने भएको छ। 

आइतबार रिपोर्टर्स क्लबमा आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले पत्रकार सम्मेलन गरी नेपाली क्रिकेटको विकास र नेपाल, भारत र श्रीलंकाबीचको त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि उक्त प्रतियोगिता गर्न लागिएको जनाएको छ। 

सोसाइटीका अध्यक्ष सुमन भट्टले नेपाली क्रिकेटको विकासको लागि माघ १ देखि १० गतेसम्म प्रतियोगिता गर्न लागेको बताए। ‘क्यान निलम्बनमा परेको अवस्थामा नेपाली क्रिकेटरलाई अवसर, नयाँ प्रतिभाको खोजी र नेपाल, भारत र श्रीलङ्काबीचको सम्बन्धलाई प्रगाढ बनाउन विगतको भन्दा ठूलो प्रतियोगिता गर्न लागेका हौं’, उनले भने। 

उनका अनुसार नेपालको तर्फबाट नेपाल राईनोजको नेतृत्व मञ्जित श्रेष्ठले गर्नेछन्। प्रशिक्षकको रुपमा मनोज कटुवाल रहनेछन्। यस्तै, दिनेश कुमारको कप्तानीमा भारतीय टिमले भाग लिनेछ भने श्रीलङ्काको तर्फबाट सानुख धनन्जयको कप्तानी टिमले खेल्नेछ।

श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन्। करिब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७५ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App