coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको विधान मस्यौदा : दोहोरो पदमा रहन नपाइने

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा प्रस्तुत भएको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक एवं पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदन सहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा पेश गरे। केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई मस्यौदा अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराइएको छ। केन्द्रीय कार्यसमितिको बिहीबार बस्ने बैठकमा मस्यौदा माथि विस्तृत छलफल हुने छ।

प्रस्तावित मस्यौदामा स्थानीय तहको संगठनको छुट्टै परिच्छेदमा व्यवस्था गरिएको छ। विद्यमान विधानमा कायम साधारण सदस्यता हटाई 'नेपाली कांग्रेसको सदस्य' बनाउने प्रस्ताव छ। सदस्यता शुल्क १० रुपैयाँ तोकिएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको संख्या पुरानो संख्यामा नघटाउन प्रस्ताव छ। केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको संख्यामा भने परिवर्तन गरिएको छ।

एउटै व्यक्ति पार्टी र भातृ संघ एवं शुभेच्छुक संस्थाको दोहोरो जिम्मेवारीमा रहन नपाउने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ।

विधानलाई संशोधन गर्ने काम आफैंमा अत्यन्त चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण रहेको समितिको प्रतिवेदनमा भनिएको छ। देशभरका पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको भावनालाई समेटेर विधान मस्यौदा तयार गर्नु सजिलो नभएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०७५ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App