coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भूकम्प पीडितलाई एकमुष्ट रकम नदिएसम्म कांग्रेसले संसद चल्न नदिने

काठमाडौं-प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग पूरा नभएसम्म संसद् अवरोध नहटाउने अडान लिएको छ। कांग्रेसले अडानबाट टसमस नहुने संकेत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार संसद् बैठकलाई सम्बोधन नगरी फर्केका छन्।
भूकम्प पछिको पूनर्निर्माणका विषयमा बिहीबार कांग्रेस सांसदले उठाएका प्रश्नको जवाफ दिन संसद् बैठकमा बिहान ११ बजे पुगेका प्रधानमन्त्री सम्बोधन नै नगरी फर्किएका हुन्। ठोस कार्यायोजना नल्याएको भन्दै कांग्रेसले अवरोध हटाउन नसकिने जवाफ दिएपछि प्रधानमन्त्रीको सम्बोधन आइतबारलाई सारिएको छ।
संसदमा बिहीबार कांग्रेसले उठाएको भूकम्पपीडितको पुनर्निर्माण र तथ्यांक संकलनका विषयमा जवाफ दिन प्रधानमन्त्री नयाँ बानेनश्वर पुगेका थिए। सदन अवरुद्ध गरिरहेको दलसँग अनौपचारिक छलफल गर्ने संसदको परम्पराअनुसार सुरुमा नयाँ बानेश्वरमा एमाले र नेपाली कांग्रेसको संयुक्त बैठक बसेको थियो। उक्त बैठकमा काग्रेसले एकमुष्ट रकम वितरण गर्नुपर्ने अडानबाट पछाडि नहट्ने जवाफ दिएको थियो। लगत्तै बसेको सत्तारुढ दलको बैठकले अघिल्लो सरकारकै निर्णयअनुसार काम भइरहेको भन्दै कांग्रेसको अडानलाई औचित्यहीन ठहर गरेको थियो । सुशील कोइराला नेतृत्वको सरकारकै पालामा (गत वर्ष असोज २२ गते) निर्माण गरिएको कार्यविधि र अन्य कानुनले एकमुष्ट रकम वितरण गर्न नदिने भन्दै उनीहरू थप छलफल गर्नुपर्ने निष्कर्षमा पुगेका थिए। संसद बैठक आइतबार सम्मका लागि स्थगित भएको छ।

 

प्रकाशित: १० असार २०७३ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App