४ वैशाख २०८१ मंगलबार
खेल

फ्रेन्स लिग : पिएसजीको जितमा काभानीको निर्णायक गोल

काठमाडौं – फ्रेन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टुलुसलाई १–० ले पराजित गरेको छ। घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा पिएसजीको जितमा एकमात्र निर्णायक गोल खेलको ९ औं मिनेटमा एडिन्सन काभानीले गरे। 

राष्ट्रिय टोलीबाट खेल्दा घाइते भएका नेइमार र एमबाप्पे बिना नै पिएसजी मैदानमा उत्रिएको थियो। पिएजीको जारी सिजन यो किर्तिमानी १४ औं जित हो।

लिगको शीर्ष स्थानमा रहेको पिएसजीको १४ खेलबाट ४२ अंक छ। दोस्रो स्थानको लियोनको समान खेलबाट २७ अंक छ। पिएसजीसँग पराजित टुलुस भने समान खेलबाट १४ अंकका साथ १५ औं स्थानमा छ।

प्रकाशित: ९ मंसिर २०७५ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App