coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागु औषध सहित दुर्इ पक्राउ

चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २ का २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घले रहेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। शुक्रबार राती ८ः३० बजे भरतपुर २ को समिचोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरुको साथबाट प्रहरीले २७१ एम्पुल डाईजेपाम, २७१ एम्पुल ब्युप्रिनर्फिन र २७१ एम्पुल फेनारगन बरामद गरेको छ। पाँच लाख ८० हजार १८० रुपैयाँ पनि बरामद गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए। समि चोकमा लागु औषध बेचबिखन भैरहेको भन्ने विशेष सुचनाका आधारमा उनीहरुलार्इ पक्राउ गरिएकाे प्रहरीले बताएकाे छ। पक्राउ परेका अभियुक्तहरुले भारतको सुनौलीबाट  भैरहवाको नाका हुँदै लागु औषध किनेर ल्याउने गरेको बताएको उनले जानकारी दिए।

बरामद भएको नगद लागु औषध बिक्रीबाट पाएको रकम भएको उनी बताउँछन्। पक्राउ परेका अभियुक्तलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता  गरी अनुसन्धान अगाडी बढाईएको छ।

प्रकाशित: ९ मंसिर २०७५ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App