८ वैशाख २०८१ शनिबार
खेल

भूमिराजलाई नेपालगन्ज म्याराथन उपाधि

नेपाल प्रहरीका भूमिराज राई र एपिएफकी कान्छीमाया कोजु ट्रफीका साथ । तस्बिर : नागरिक

बाँके – नेपाल प्रहरीका भूमिराज राईले शनिबार नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। क्रिएटिभ ह्यान्डको आयोजनामा भएको प्रतियोगितामा राईले २ घण्टा ३३ मिनेट २० सेकेन्डमा दौड पूरा गरेका थिए।

यता एपिएफका खिमबहादुर खत्री र गणेश ठकुरी क्रमशः दोस्रो र तेस्रो भए। खत्रीले निर्धिारित दूरी २ घण्टा ३५ मिनेट ३२ सेकेन्डमा पूरा गर्दा ठकुरीले २ घण्टा ४७ मिनेट २८ सेकेन्डमा दौड पूरा गरे। नेपालगन्जको बिपी चोकबाट सुरु भएको म्याराथन कोहलपुर, कौशिलानगर हुँदै पुनः सोही रुटबाट बिपी चोक फर्कंदै टुङ्गिएको थियो।

म्यराथनमा बर्दियाका बलबहादुर सुनार चौथो, नेपाल प्रहरीका भीमबहादुर रोकाया, प्रमोथ खड्का र गोपाल बुढा क्रमश पाँचौं, छैटौं र सातौं भए भने बाँकेका हरि घरुक आठौं स्थानमा रहे। च्याम्पियन बनेका राईले ६० हजार हात पार्दा खत्रीले ३०, ठकुरीले २० हजार हात पारे। यस विधामा चौथो, पाँचाैं, छैटाैं, साताैं र  आठौं स्थानका खेलाडीले क्रमश १०, ८,७,६ र ५ हजार हात पारे।

यता महिला हाफ म्याराथनमा एपिएफले वर्चस्व जमाएको छ।  एपिएफकी कान्छीमाया कोजु च्याम्पियन बनिन्। कोजुले निर्धारित दूरी  १ घण्टा २२ मिनेट ४२ सेकेन्डमा पूरा गरिन्। त्यस्तै एपिएफकी  विन्द्रा श्रेष्ठ र कृष्णेश्वरी सिन्तकला दोस्रो र तेस्रो स्थानमा रहे। त्यस्तै कञ्चन पुनमगर, बत्तीसरा बम र अन्जु मल्ल क्रमश चौथो, पाँचाैं र छैटाैं स्थानमा रहे। कान्छीमायाले विजेता बन्दै ३० हजार हात पार्दा  विन्द्राले १५ हजार र कृष्णेश्वरीले १० हजार जिते। चौथो, पाँचाैं र छैटौं स्थानका खेलाडीले क्रमश ५,४ र ३ हजार जिते।

प्रतियोगिताअन्तर्गत  ५ हजार मिटर छात्रतर्फ जुम्लाका नरेश बुढाले पहिलो स्थान हात पार्दा माधव चौधरी दोस्रो, सन्तोषनाथ योगी तेस्रो र प्रकाश कठायत चौथो स्थानमा रहे। पहिलो स्थानमा रहेका नरेशले निर्धारित दूरी १६ मिनेट ३५ सेकेन्डमा पूरा गर्दा माधवले १६ मिनेट ५६ सकेन्ड र सन्तोषले १६ मिनेट ५७ सकेन्डमा दौड पूरा गरे। प्रकाशले १६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरे।

यता ५ हजार मिटर छात्रातर्फ मंगला बुढा च्याम्पियन बन्दा अनिशा चौधरी दोस्रो र सुमित्रा चौधरी तेस्रो भइन् भने रोजिना बस्नेत चौथो स्थानमा रहिन्। मंगलाले निर्धारित दूरी १९ मिनेट ९ सेकेन्डमा पूरा गर्दा अनिशा,,सुमित्रा र रोजिनाले क्रमशः २० मिनेट ३९ सेकेन्ड,२० मिनेट ५५ सेकेन्ड र २१ मिनेटमा दौड पूरा गरे। ५ हजार मिटर छात्र र छात्रातर्फ पहिलो स्थानमा रहने खेलाडीले ५ हजार हात पार्दा दोस्रो, तेस्रो र चौथो स्थानमा रहने खेलाडीले क्रमशः ३, २ र १ हजार जिते।

प्रकाशित: ९ मंसिर २०७५ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App