७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालका उमेश च्याम्पियन

काठमाडौं – नेपालका उमेश राई प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा च्याम्पियन बनेका छन्। उमेशले दक्षिण एसियाका आठवटै राष्ट्रका खेलाडीलाई पछि पार्दै च्याम्पियनको उपाधि आफ्नो बनाएका हुन्। त्यसअघि उनी ७५ केजी तौलसमूहमा पहिलो स्थान हात पार्दै अन्तिम चरणका लागि छनोट भएका थिए।

एसियाली शारीरिक सुगठन फेडरेसनको आयोजनामा भएको च्याम्पियनसिपमा दक्षिण एसियाका आठ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। च्याम्पियनसिपको ६० केजी तौलसमूहमा श्रीलंकाका राजाकुमारन पहिलो भए। श्रीलंकाकै कोलिन उदयकुमारन दोस्रो र  नेपालका सुपेन्द्र डंगोल तेस्रो भए।

६५ केजीमा भारतका एसके आरिफ पहिलो, नेपालका रोजेन वज्राचार्य दोस्रो र श्रीलंकाका जिजिएन विक्रमले तेस्रो स्थान हात पारे। राष्ट्रिय सभागृहमा भएको च्याम्पियनसिपको ७० केजी तौलसमूहमा नेपालका रामबहादुर दाहाल पहिलो भए। 

बंगलादेशका एमडी अलअमिन र मिठ्ठु चोकदर क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए। ७५ केजीमा बंगलादेशका एमडी उदिन र अब्बु सैयदमौल्ला क्रमशः दोस्रो र तेस्रो भए। ८० केजीमा बंगलादेशका सुमनचन्द्र दासले पहिलो स्थान हात पारेका थिए। यो स्पर्धामा नेपालका अनुज मास्के र ललित धिमालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए।

यसैगरी पुरुष एक सय ७१ सेन्टिमिटरमुनिको उचाइ समूहको फिजिक्समा बंगलादेशका एमडी इमरानुल र आरिफ चौधरी पहिलो र दोस्रो हुँदा नेपालका पारस ताम्राकारले तेस्रो स्थान हासिल गरेका थिए।

पुरूष एक सय ७१ सेन्टिमिटर भन्दामाथि समूहमा नेपालका रमेश श्रेष्ठ पहिलो भए। नेपालकै सम्यक उदास र  विनोद परियार दोस्रो र तेस्रो भए। महिला फिटनेसमा नेपालकी शोभा मानन्धरले पहिलो स्थान हात पारिन्।

यही स्पर्धामा नेपालकै पूजा गुरुङ दोस्रो,  पम्फा राई तेस्रो र पूजा श्रेष्ठ चौथो स्थानमा रहे। प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: ९ मंसिर २०७५ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App