coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टेन्डीलाई इसुजु ओपन गल्फ उपाधि

काठमाडौं – टेन्डी शेर्पाले शनिबार गोकर्ण गल्फ क्लबमा भएको इसुजु ओपन गल्फको उपाधि जितेका छन्। ९ ह्यान्डिक्यापका शेर्पाले नेटतर्फ कुल ४१ अंक बटुल्दै उपाधि आफ्नो बनाए। एक ह्यान्डिक्यापका साथ खेलेका टासी घलेले नेटतर्फ ४० अंक बटुले। टासीले ग्रसतर्फ ३९ अंक बटुल्दै उपाधि जिते। ग्रस र नेटतर्फ का विजेताले गल्फ सामग्री प्राप्त गरे।

टासीले फस्ट नाइनको सुरुआती होलमा बर्डी प्रहार गर्दै राम्रो सुरुआत गरेका थिए। दोस्रो नाइनमा पनि टासीले ११औँ, १३औँ र १७औँ होलमा बर्डिज प्रहार गरे। तर, त्यसअघि उनले एक मात्र बोगी १४औँ होलमा खेपेका थिए।

जिग्मी डोङतेत्साङले ३८ अंक बटुल्दै नेटतर्फ रनरअप बने। महिलातर्फ कुल ३३ अंक बटुलेकी मिइ ली च्याम्पियन भइन्। सिनियरतर्फ तीन गल्फर केएनएस थापा, भाइराजा पाण्डे र विजयबहादुर श्रेष्ठले समान ३४ अंक बनाए। तर, काउन्ट ब्याकको आधारमा केएनएस पहिलो भए।

जुनियरतर्फ सद्भाव आचार्य ३३ अंकका साथ पहिलो भए। विधागतअन्तर्गत आङछिरिङले स्ट्रेटेस्ट ड्राइभ, विजय श्रेष्ठ इनहासले लङ्गेस्ट ड्राइभ र महेशविक्रम कार्कीले क्लोजेस्ट टु द पिनको ट्रफी प्राप्त गरे। नोर्बु शेर्पा र टासी घलेले समान ४ बर्डिज प्रहार गरेका थिए। तर, काउन्ट ब्याकको आधारमा नोर्बु सफल भए।

कन्टिनेन्टल ट्रेडिङ प्रालिको आयोजनामा भएको एकदिने प्रतियोगिता स्टेबल फोर्ड तीन बाई ४ ह्यान्डिक्याप फरम्याटमा खेलाइएको थियो। प्रतियोगितामा कुल १ सय ६ गल्फरले चुनौती प्रस्तुत गरेका थिए। प्रतियोगिताका विजेतालाई नेपालका लागि जापानिज राजदूत मासामिकी साइगो र कन्टिनेन्टलका अध्यक्ष सुहृद घिमिरेलगायतले पुरस्कृत गरे।

प्रकाशित: ९ मंसिर २०७५ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App