coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चार पेट्रोल पम्पमा सिलबन्दी

बारा - उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठगी गरेको भेटिएपछि कलैया उपमहानगरपालिका  क्षेत्रमा सञ्चालित चार पेट्रोल पम्प कारबाहीमा परेका छन्।

गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगन्जले स्थानीय प्रहरी, प्रशासनको रोहबरमा गरेको अनुगमनका क्रममा कलैया  उपमहानगरपालिकाका विभिन्न स्थानमा सञ्चालित पेट्रोल पम्प अनुगमन गरेको थियो। पम्प सञ्चालकले उपभोक्तालाई ठगी गरेको भेटिएपछि ती पम्पमा सिलबन्दी गरी पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ।

कलैया उपमहानगरपालिका वडा नं १ मा रहेको अमित आयल स्टोर र वडा नं १३ मा रहेको विजय आयल स्टोर, वडा नं १४ मा रहेको महम्मद आयल स्टोर तथा सोही स्थानको शिवशंकर ट्रेडर्सले उपभोक्ता ठग्ने गरेको भेटिएपछि ती पम्पमा सिलबन्दी गरिएको अनुगमनमा संलग्न गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शशिभुषण कुमार यादवले बताए।

अनुगमनका क्रममा अमित आयलले २०७१ सालदेखि नै मिटर चेकजाँच नगराएको, पम्पको विद्युतीय लाइन काटेर राखेको, पम्पको विद्युतीय चेन्जर बदलेको र पम्पबाट निस्केको १० लिटर पेट्रोलियम पदार्थलाई चेकजाँच गर्दा नियमअनुसार २५ मिलिलिटर थपघट हुनु पर्नेमा त्यसमा तीन सय मिलि लिटर बढी नै पेट्रोलियम पदार्थ निस्केको यादवले बताए।

अमित आयलले पम्पमा जडान गरिएको उपकरण बिगारेर उपभोक्तालाई ठग्ने गरेको भेटिएको यादवले बताए। त्यस्तै विजय आयल स्टोरको पम्पबाट १० लिटर पेट्रोलियम पदार्थ लिएर चेकजाँच गर्दा त्यसमा चार सय मिलिलिटर कम, शिवशंकर ट्रेडर्सको पम्पबाट १० पेट्रोलिय पदार्थमा ५० मिलिलिटर कम र महम्द आयल स्टोरको पम्पबाट १० लिटर पेट्रोलिय पदार्थमा ४० मिलिलिटर कम भेटिएपछि चारवटै पम्पको नोजलमा शिलबन्दी गरिएको प्रमुख यादवले बताए।

प्रकाशित: ९ मंसिर २०७५ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App