coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘दुव्र्यवहार छैन हामीलाई स्वीकार’

काठमाडौं – हरेक वर्ष संसारभर नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ। आइतबार ‘लैंगिक हिंसा र दुव्र्यवहार छैन, हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ विश्वभर महिला हिंसाविरुद्धको दिवस मनाइँदैछ।

त्यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसा निर्मूलसम्बन्धी अन्तराष्ट्रिय दिवसका अवसरमा शुभकामना दिएकी छिन्। संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी दिवसका रूपमा मनाइन्छ। नेपालमा पनि दुव्र्यवहार स्वीकार छैन भन्दै विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउन लागिएको छ।

‘बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथालाई कानुनले निषेध गरिसकेको अवस्थामा समेत अन्धविश्वास, कुरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै वाध्य छन्,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिक रुपले आत्मनिर्भर र स्वाबलम्बी बनाउनुपर्ने आजको आवश्यकता छ।’

त्यसैगरी शनिबारदेखि सार्वजनिक यातायातमा यौन हिंसा विरूद्धको १६ दिने अभियान सुरु भएको छ। अभियान अन्तर्गत बस, रात्री बस, मिनी तथा माइक्रो बस, टेम्पोमा सँगै बस्दा महिलालाई छुने, थिच्ने, घुर्ने, जिस्क्याउने जस्ता अवान्छित र अमर्यादित काम रोक्ने बताइएको छ।

अभियानको उद्घाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले साझा यातायात कार्यालय ललितपुरबाट उद्घाटन गरेकी छिन्। यौनजन्य तथा लैङ्गिक हिंसाविरूद्धको अभियान अन्तरगत सार्वजनिक यातायातमा अभियान सुरु गरिएको हो।

सामाजिक संस्थाको प्रयासमा सुरु गरिएको अभियानले सार्वजनिक यातायातमा यात्रुले सामना गर्नुपर्ने दुव्यवहार न्यूनीकरण गर्ने बताएका छन्। ट्राफिक प्रहरीलगायतका संघ संस्था साझा यातायातको सहकार्यमा कार्यक्रम सुरु हुन हुन लागेको हो।

अभियानअन्तर्गत सार्वजनिक यातायातमा यात्रीलाई घटनाबारे जानकारी दिन महिला आयोगको हटलाइन ११४५ मा रिपोर्ट गर्ने जस्ता सूचनामूलक ब्यानर र स्टिकरसहित कार्यक्रम गर्ने बताइएको छ। अभियानमा महिला भीडभाड हुने र सार्वजनिकस्थलमा यौन हिंसाका घटना हुनसक्ने सम्भावना भएकाले ध्यान केन्द्रीत गर्नुपर्ने बताइएको छ।

प्रकाशित: ९ मंसिर २०७५ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App