अमेरिका विरुद्ध एकतावद्ध बन्न विश्वका मुसलमान समुदायलाई इरानको आग्रह

शनिबार, ०८ मङि्सर २०७५, २० : ४७ एजेन्सी

इरान -विश्वभरका मुसलमान समुदायलाई अमेरिका विरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गरेका छन्।

साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग पनि रौहानीले अपिल गरेका छन्। अमेरिकासहित बेलायत, जर्मनी, फ्रान्स, चीन र रुसले समेत हस्ताक्षर गरेको सम्झौताबाट गत मे मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरु सम्झौताबाट पछि हटेको घोषणा गरेर इरानामथि कठोर आर्थिक प्रतिबन्धको घोषणा गरेपछि इरानले विश्वभरका मुसलमानलाई अमेरिका विरुद्ध एक भएर अघि बढ्न आग्रह गरेको हो।

अमेरिकासँग उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा सहकार्य गर्दै आएका युरोपेली राष्ट्रहरु इरानसँगको सम्झौतामा प्रतिवद्ध रहने भनेपछि अमेरिका उक्त बिषयमा यूरोपबाट एक्लिएको छ। तर कतिपय यूरोपेली कम्पनीहरू हाल आएर यसमा अडिग रहँदा अमेरिकासँगको सम्बन्धमा असर पर्ने आशंकाले चिन्तित देखिन्छन्।

“अमेरिकाले हाल मध्यपूर्वलाई दास बनाउन खोजेको छ,” इरानी राष्ट्रपति रौहानीले तेहरानमा आयोजित मुसलमान एकता सभालाई सम्बोधन गर्दै भने, “अपराधीलाई रातो कार्पेट विछ्याइदिनुभन्दा मुसलमान सरकारहरू एक भएर अमेरिकाको विरोध गर्नु आजको आवश्यकता हो।” 

सिया समुदायको सुन्नी प्रतिस्पर्धी साउदी अरबलाई अमेरिकाबाट लिने सैन्य सहयोग त्याग्न अनुरोध गर्दै राैहानीले साउदी अरबको हितका लागि सुरक्षा दिन र ‘आतङ्कवाद’ र महाशक्तिसँग सम्पूर्ण मुसलमानको शक्तिलाई एकवद्ध गर्न नेतृत्व गर्न तयार रहेको बताए।

प्रसिद्ध सिया धर्मगुरुलाई मृत्युदण्ड दिएको घटनापछि साउदी अरबको इरानस्थित कुटनीतिक नियोगमा भएको इरानी मुसलमानले गरेको आक्रमणसँगै रियादले सन् २०१६ को जनवरीदेखि कुटनीतिक सम्बन्ध तोडेको छ। साउदी अरबले खाडी मुलुकका सियाहरूलाई विवादमा फसाएको भन्दै इरानमाथि आरोप लगाउँदै आएको थियो। त्यसपछि रियाद र तेहरानले यमन र सिरियामा भएको गृहयुद्धमा परस्पर विरोधी समूहलाई सघाउन थालेको छ। 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad