coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

शिक्षा प्रणालीको दुष्चक्र

केन रोबिन्सन

बच्चाहरूको साँच्चै अद्भूत क्षमता र अथाह प्रतिभा हुन्छ तर हामी ती प्रतिभालाई निर्ममतापूर्वक नष्ट गरिदिन्छौं । साक्षरता जति आवश्यक छ अहिलेको शिक्षामा सिर्जनशीलताको महŒव पनि त्यत्ति नै छ ।
मैले हालै एउटा गज्जबको कथा सुनेँ । तपाईंलाई पनि राम्रो लाग्ला – चित्रकला कक्षामा बसेकी एउटी छ वर्षे सानी नानी चित्र कोरिरहेकी थिइन् । ती बालिका अन्य कुनै कुरामा ध्यान दिन्नथिइन् तर यो चित्रकलाको काममा मग्न थिइन् । शिक्षिकालाई खुब अचम्म लागेछ र उनको छेउमा गइछन् र सोधिछन्, ‘तिमीले केको चित्र बनाको ?’

ती नानीले जवाफमा भनिछन्, ‘म ईश्वरको चित्र बनाउँदैछु ।’

शिक्षिकाले फेरि सोधिछन्, ‘तर ईश्वर कस्ता छन् भनेर त कसैलाई पनि थाहा छैन नि !’
ती नानीको जवाफ थियो, ‘पख्नुस्, एक मिनेटपछि सबैले थाहा पाउने छन् ।’

अर्को कथा सुनाउँछु । मेरो छोरो जेम्स नाटक खेल्दै थियो । जेम्सले रबिन्सन जोसेफको भूमिका पाएको थियो । त्यो नाटकमा तीन जना केटाहरू सुन, फ्रान्किन्सेन्स र मिरजस्ता कुरा उपहार लिएर आउँछन् र राजालाई उपहार चढाउँछन् । नाटकमा अचानक उनीहरू कथा व्रmमबाट बाहिर गए । लिकबाट हटेको कुरा उनीहरुले पत्तो पाएनन् तर हामीले चाल पाइहाल्यौँ ।

नाटक सकिएपछि सोधेँ, ‘तिमीहरूले कस्तो ग¥यौ ?’
जेम्सले भन्यो, ‘गज्जब भो नि, होइन र ? कि बिग्रियो केही ?’
उनीहरुले बोल्नुपर्ने संवादमा थोरै मात्र परिवर्तन गरेका थिए ।

टाउकामा गम्छा बेरेका चार वर्षे बच्चाहरूले आफूले बोकेका बक्साहरू भुईँमा राखे । अनि पहिलो केटोले भन्यो, ‘महाराज, मैले यहाँका लागि सुन ल्याएको छु ।’ अनि दोस्रो केटोले भन्यो, ‘मैले यहाँका लागि ्रयाङ्किसन्स ल्याएको छु ।’ अनि जेम्सले भन्यो, ‘्रयाङ्कले पठाएको ।’ उसले भन्नुपर्ने थियो, ‘महाराज हजूरका लागि मैले मिर ल्याएको छु ।’

माथिका यी दुई कुराहरूमा समानता के छ भने बच्चाहरू अवसर लिइहाल्छन् । उनीहरूले कुनै कुरा जानेनन् भने पनि केही चाहिँ गरिहाल्छन् । उनीहरू गलत हुन डराउँदैनन् । गलत हुनु र सिर्जनशील हुनु एउटै हो भन्न खोजेको होइन तर के पनि हो भने तपाईँ गलत हुन तयार हुनुहुन्न भने तपाईँ कुनै पनि कुरामा कहिल्यै मौलिकता ल्याउन सक्नुहुन्न, सिर्जनशील हुन सक्नुहुन्न । सिर्जनशील हुन गलत भइने डर त्याग्नु पर्छ । बच्चाहरु अक्सर सिर्जनशील र मौलिक हुन्छन् किनभने उनीहरु आफू गलत वा असफल हुने कुरामा धक मान्दैनन् । तर बच्चाहरू वयस्क भइसक्दा धेरैजसोले असफल हुने डर पालिसक्छन्, गलत भइएला भन्ने डरमा अभ्यस्त भइसकेका हुन्छन् । अनि, हामी हाम्रा शैक्षिक ‘कम्पनी’हरू पनि यसरी नै चलाउँछौँ ® गल्ती तथा असफलताहरूलाई नराम्रो रुपमा हेर्छौँ, नराम्रै मान्छौँ । हामी अहिले यस्तै प्रकारको राष्ट्रिय शिक्षा पद्धति चलाउँदैछौँ जहाँ गल्ती गर्नु सबैभन्दा ठूलो अपराध ठह¥याइन्छ । यसको परिणाम– उनीहरूको सिर्जनशील क्षमता तोडिदिन्छौँ । पिकासोले एक पटक भनेका थिए, ‘सबै बच्चा जन्मिँदा कलाकार हुन्छन् । हामी बढ्दै जाँदा पनि कलाकार नै रहिरहनु चाहिँ ठूलो समस्या हो ।’ हामी हुर्कंदै गर्दा हामी सिर्जनशीलतातिर अघि बढ्न सक्तैनौँ मात्र होइन हामी यसबाट अझै धेरै टाढिन्छौँ । आखिर किन यस्तो हुन्छ त ?

केही वर्षअघिसम्म म स्ट्याटफर्ड­अन­एभनभन्दा केही पर बस्थ्यौँ, जहाँ सेक्सपियरका बाबु जन्मेका थिए । सेक्सपियरलाई त तपाईँ चिन्नुहुन्छ तर कहिल्यै पनि उनका बाबु पनि थिए भनेर सोच्नुहुन्न किनभने तपाईँ सेक्सपियरलाई बच्चाको रुपमा सोच्नुहुन्न । उनी पनि कसैको अङ्ग्रेजी कक्षामा थिए र उनलाई शिक्षकले ‘अझ कडा परिश्रम गर्नुपर्छ’ भनेका होलान् । उनका बाबुले सेक्सपियरलाई ‘जाऊ चाँडै सुत’ भन्दै कुनै बदमासी गर्दा वा कलम चलाउँदा विलियम सेक्सपियरलाई ‘त्यो कलम छोड्दे त,’ ‘किन त्यस्तो त्यसरी कुरा गरेको ?’ भने होला भन्दा अचम्म र दोधारमा पर्छौं ।

बेलायतबाट सपरिवार अमेरिका सर्दा त्यहाँको र यहाँको पढाइमा खासै भिन्नता पाइनँ । सबैभन्दा माथिल्लो तहमा गणित र भाषाहरू थिए, अनि मानविकी, कलाका विषयहरू सबैभन्दा तल । पृथ्वीको जुनसुकै ठाउँमा पनि यस्तै प्रक्रियाले पढाइन्छ । विद्यालयहरूमा साधारणतया कला र सङ्गीतलाई उपल्लो दर्जा दिइन्छ, त्यसपछि नाटक र नृत्य । यो ग्रहमा एउटा पनि त्यस्तो शिक्षा पद्धति छैन जहाँ बच्चाहरूलाई हरेक दिन नृत्य सिकाइयोस्, गणित पढाइएजस्तै । गणित एकदमै महत्वपूर्ण छ  तर नृत्य पनि कम महŒवको विषय भएकाले हो त ? पक्कै पनि होइन । साँच्चै भन्ने हो भने बच्चाहरू बढ्दै जाँदा हामी उनीहरूलाई व्रmमिकरुपमा कम्मरदेखि माथितिर पढाउँदै जान्छौँ अनि उनीहरूको टाउकोमा बढी केन्द्रित हुन थाल्छौँ । अनि बिस्तारै दिमागको एउटा भागमा मात्रै केन्द्रिकृत हुन्छौँ ।

अहिले हाम्रो शिक्षा पद्दति प्राज्ञिक क्षमताको अवधारणामा खडा छ र यसको एउटा कारण छ । यो सबै पद्दति विश्वभरि त्यतिबेला आविस्कार गरिएको थियो जतिबेला सार्वजनिक शिक्षा नै थिएन । १९ औँ शताब्दी अगाडि जे कुरा चाहिएको थियो ती सबै औद्योगिकीकरणका आवश्यकताहरू पूर्ति गर्न सुरु गरिएका थिए । त्यसैले यो तहगत प्रणाली दुई विचारधाराहरूमा आधारित छ । पहिलो, कामका लागि सबैभन्दा बढी चाहिने विषयहरू उपल्लो मान्ने । त्यसले गर्दा तपाईँलाई बच्चै हुँदा मृदुवचनले मनपर्ने कुराहरूबाट टाढा राखिन्छ किनभने तपाईँले ती काम गरेर कहिल्यै नोकरी पाउनुहुन्न । सङ्गीततिर नलाग, तिमी सङ्गीतकार बन्ने हैन; कलातिर नलाग, तिमी कलाकार बन्ने हैन भनेर सुझाव दिन्छौँ । तर अहिले आएर हेर्दा गम्भीर रुपले गलत सुझाव हुन् यी । यो सम्पूर्ण विश्व एउटा दुष्चक्रमा फँसेको छ । र, दोस्रो हो– प्राज्ञिक क्षमता, जसले हाम्रो बौद्धिक दृष्टिकोणमाथि साँच्चै प्रभुत्व जमाएको छ किनभने यो प्रणालीलाई विश्वविद्यालयहरूले उनीहरूको आनै छविअनुसार रचना गरेका छन् । यसको परिणाम– धेरै प्रतिभाशाली, मेधावी, सिर्जनशील व्यक्तिहरूले आफूलाई महŒवहीन सोच्छन् ।

युनेस्कोका अनुसार, आउने ३० वर्षमा इतिहासको सुरूदेखि आजसम्म भएकाभन्दा धेरै व्यक्तिहरू शिक्षाबाट स्नातक हुनेछन् । धेरै व्यक्तिहरू र यो हामीले कुरा गरेका सबै चिजहरूको मिश्रण हो ­­ प्रविधि र यसले काममा ल्याएको रुपान्तरण, अनि जनसंख्या अध्ययन र जनसंख्याको विशाल वृद्धि । एकाएक, उपाधिहरूको केही मूल्य छैन । म विद्यार्थी छँदा, कलेजबाट पास हुनेबित्तिकै जागिर पाइन्थ्यो । यदि तपाईँको जागिर थिएन भने त्यो तपाईँले नचाहेर मात्र हुन्थ्यो । अनि मलाई, सोझै भन्दा, जागिरको इच्छा थिएन । तर अहिले उपाधि लिएका बच्चाहरू धेरैजसो भिडियो गेम खेल्न घर फर्किन्छन् किनभने पहिले बिए चाहिने जागिरलाई अहिले एमए चाहिन्छ अनि एमए चाहिनेलाई पीएचडी चाहिन्छ । यो प्राज्ञिक स्फीतिको एउटा प्रव्रिmया हो र यसले पूरै शिक्षा पद्दति हाम्रो पैतालामुन्तिर खस्किराखेको छ भन्ने दर्शाउँछ । हामीले हाम्रो बौद्धिक दृष्टिकोणबारे समस्त रुपमा पुनर्विचार गर्नुपर्ने बेला आएको छ ।

हामीले बुद्धिका बारेमा तीनओटा कुरा जानेका छौँ । पहिलो, यसको विविधता । विश्वलाई हामीले यसलाई अनुभव गरेका हरेक तरिकाबाट हेर्दछौँ । हामी दृश्यमा सोच्छौँ, हामी आवाजमा सोच्छौँ, हामी सौन्दर्यमा सोच्छौँ । हामी अमूर्त ढाँचामा सोच्छौँ, हामी चालमा सोच्छौँ । दोस्रो, बुद्धि गतिशील छ । यदि तपाईँले मान्छेको दिमागको अन्तरव्रिmयालाई हेर्नुभयो भने, हामीले हिजो त्यतिका प्रस्तुतिहरूमा सुनेजस्तो, बुद्धि आश्चर्यजनक रुपले अन्तरव्रिmयात्मक छ । दिमाग कक्षहरूमा विभाजित छैन । वास्तवमा, सिर्जनशीलता ­­ जसलाई मैले मूल्यवान मौलिक विचारहरू जान्ने प्रव्रिmयाको रुपमा परिभाषित गर्छु ­­ प्रायःजसो विभिन्न शास्त्रको वस्तुहरूलाई हेर्ने तरिकाहरुको अन्तरव्रिmयाबाट उत्पन्न हुन्छ ।

दिमाग जानिबुझिकनै ­­ वास्तवमा, दिमागका दुई भागहरूलाई जोड्ने कर्पस क्यालोसम नामको एउटा स्नायुरेसाको मुठो हुन्छ । यो महिलाहरूमा अलि मोटो हुन्छ । सायद यही कारण महिलाहरू एकैपटक धेरैओटा काम राम्ररी गर्न सक्छन् । यसबारे अनुसन्धान गर्नुपर्ने एउटा पाटो होला तर मैले आनै जीवनबाट यो कुरा जानेको छु । तपाईंकी पत्नीले खाना  पकाउँदैछिन् भने उनले फोनमा कसैसित कुरा गरिरहेकी हुन्छिन्, केटाकेटीहरूसित कुरा गरिराखेकी पनि हुन्छिन्, भूइँ लिपिराखेकी हुन्छिन् । यदि मैले पकाउँदै छु भने ढोका बन्द हुन्छ, केटाकेटीहरू बाहिर हुन्छन्, फोन बजिराखेको हुन्छ, उठाउनेतर्फ दिमाग गइरहेको हुँदैन । अनि पत्नी भान्सामा छिरिन् भने पनि मलाई दिक्क लाग्छ । आखिर यो फरकपना र विशिष्टता हामीमा पहिलेदेखि नै छ ।

अनि बुद्धिको बारेमा तेस्रो कुरा पनि छ, यो अलि पृथक् छ । मेरी एक जना साथी गिलियन लिनेलाई मैले अचानक सोधेँ, ‘गिलियन तिमीले नृत्य कसरी सिक्यौ ?’ किनभने उनी विश्वप्रसिद्ध महिला हुन् र ‘क्याट्स’ तथा ‘यान्टम अफ द ओपेरा’ बनाएकी थिइन् । म बेलायतमा रोयल ब्यालेटको समितिमा बस्थेँ । उनीसँगको कुराकानीमा बताइन्, ‘म विद्यालय जान्थेँ तर मन पराउँदिन थिएँ । म निराश थिएँ ।’
सन् १९३० को दशकमा विद्यालय पक्कै पनि त्यति रोचक थिएनन्, जति हिजोआज छन् । विद्यालय प्रशासनले गिलियनका अभिभावकलाई लेख्यो, ‘गिलियनमा सिकाइ क्षमतामा समस्या छ । उनी एकाग्र हुन सक्तिनन् । उनी धेरै चञ्चल छिन् ।’

उनमा एडिएचडी भन्ने रोग थियो तर त्यो बेला त्यो रोगका बारेमा कसैलाई थाहा थिएन । जे होस्, गिलियनकी आमा छोरीको समस्याबारे मनोविज्ञसँग परामर्श गर्न गइन् । एउटा भव्य कोठामा गिलियनलाई एउटा छेउको कुर्सीमा लगेर बसाइयो अनि २० मिनेटसम्म उनलाई एक्लै राखियो । मनोचिकित्सकले गिलियनकी आमासँग गिलियनको विद्यालयमा भएका सबै समस्याहरूबारे कुरा ग¥यो । कुराबाट के थाहा भयो भने आठ वर्षे गिलियनका साथीले उनलाई अल्मल्याएकाले उनको गृहकार्य सधैँ ढिलो हुन्थ्यो । आमासँग कुरा गरिसकेपछि अन्त्यमा ती मनोचिकित्सक गिलियनको छेउमा बसे र भने, ‘गिलियन, मैले तिम्रो आमाले भनेका सबै कुराहरू सुनेँ र म उहाँसँग एकान्तमा अलिबेर कुरा गर्न चाहन्छु । यहीँ पर्खिराख है ! हामी आइहाल्छौँ, धेरैबेर लाग्दैन ।’ अनि उनीहरू गिलियनलाई छाडेर गए तर उनीहरू कोठाबाट बाहिर जाँदा चिकित्सकले उसको टेबुलमा भएको रेडियो खोल्यो । कोठाबाहिर निस्किसकेपछि चिकित्सकले गिलियनकी आमालाई भन्यो, ‘अब गिलियनले नदेख्ने गरी कुनै कुनामा उभिएर उसका गतिविधि नियाल्नुस् ।’

चिकित्सक र आमा निस्कनेबित्तिकै गिलियन उभिई अनि सङ्गीतको तालसँगै हलचल गर्न थाली । केही मिनेटसम्म गिलियनको चालामाला हेरेर चिकित्सक र गिलियनकी आमा पुनः कोठामा फर्किए । चिकित्सकले आमातिर फर्केर भन्यो, ‘तपाईंकी छोरी बिरामी छैन । ऊ त विशिष्ट नर्तकी हो । उसलाई नृत्य विद्यालयमा लैजानुस्, ठूलो नाम र दाम कमाउने छे ।’
मैले गिलियनलाई सोधेँ, ‘त्यसपछि के भयो ?’

गिलियनले भनिन्, ‘नृत्य विद्यालयमा पठाउनुभयो । त्यो कति रमाइलो थियो भने म तपाईँलाई भन्नै सक्दिनँ । त्यहाँ मैजस्ता बालिका पाएर औधि खुसी भएँ । मैजस्ता स्थिर बसिराख्न नसक्नेहरूको भीडमा थिएँ म । सोच्नका लागि हल्लिनै पर्ने साथीहरुका बीचमा थिएँ म ।’ सोच्नका लागि हल्ल्निु पर्नेहरू ! उनीहरू ब्याले नाच्थे, ट्याप नाच्थे, ज्याज नाच्थे, आधुनिक नाच्थे, समकालीन नाच नाच्थे । अन्ततः उनी रोयल ब्याले विद्यालयका लागि छानिइन्, उनी एकल कलाकार बनिन्, उनले रोयल ब्यालेमा गज्जबको पेसा पाइन् । अन्ततः उनी रोयल ब्याले स्कूलबाट स्नातक भएर आनै ब्याले कम्पनी सुरु गरिन्­ द गिलियन लिने डान्स कम्पनी । जुन संसारकै सबैभन्दा सफल सांगीतिक थिएटरका रुपमा चिनिन्छ र यसैबाट उनी करोडपति कलाकार बन्न पुगिन् ।

अरु कोही अभिभावक भएको भए उनलाई नृत्य विद्यालय लैजानुभन्दा पनि अस्पताल लगी उपचार गथ्र्यो होला अनि उनलाई हल्लने भएकाले जतिबेलै चुप लाग्न भनिन्थ्यो होला ।

हाम्रो शिक्षा पद्दतिले हाम्रो दिमागलाई यसरी खाइदिएको छ कि हामी एउटा प्रडक्ट हुन पुगेका छौँ । भविष्यमा यस किसिमको शिक्षाले हामीलाई काम दिने छैन । हामीले हाम्रा बच्चाहरूलाई जुन किसिमको शिक्षा दिँदैछौँ त्यसको आधारभूत सिद्धान्तमाथि पुनर्विचार गर्नुपर्ने बेला आएको छ । जोनास साल्कको एउटा गज्जबको भनाइ छ, ‘यदि सबै कीराहरू पृथ्वीबाट हराउनुपर्ने भए, ५० वर्षभित्र पृथ्वीका सबै जीवहरू सकिन्छन् । अनि पृथ्वीबाट सबै मान्छेहरू हराए भने, ५० वर्षभित्र सबै जीवहरू फस्टाउने छन् ।’ वास्तवमा उनले ठीक भनेका हुन् ।

हामीले हाम्रो बुद्धिमता, सिर्जनशीलतालाई बुद्धिमानीपूर्वक प्रयोग गर्नेबारे सचेत हुनुपर्छ । हामीले यसो गर्ने एउटै मात्र तरिका भनेको हाम्रा सिर्जनशील क्षमताहरूलाई तिनीहरूका सम्पन्नताअनुसार हेर्ने र हाम्रा बच्चाहरूलाई तिनीहरूका आशाको रुपमा हेर्ने नै हो । हाम्रो काम उनीहरूको सम्पूर्ण पक्षलाई शिक्षित गर्नु हो, एउटै कुरामा मात्र ज्ञाता बनाउने होइन । सम्पूर्ण शिक्षाले मात्र आउँदो भविष्यका चुनौतीलाई सामना गर्न सक्छन् । हाम्रो काम भनेको उनीहरूलाई यसमा केही सहयोग गर्ने हो ।

(रोबिन्सन सार्वजनिक शिक्षामा ४० वर्षदेखि सक्रिय व्यक्ति हुन् । मानिसको सिर्जनशीलताबारे उनका तीन पुस्तक प्रकाशित छन् । क्रिएटिभ स्कुल उनको पछिल्लो प्रकाशित कृति हो ।)
 

प्रकाशित: १० आश्विन २०७३ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App