coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुटको गम्भीर रोगले काँग्रेस अगाडि बढेनः सभापति देउवा

धादिङ– पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा गुटको गम्भिर रोग लागेको र त्यसकै आधारमा देशमा एकदलीय कम्युनिष्ट अधिनायकबादी   शासनले देश नै मास्न लागेको आरोप लगाएका छन्।  

नेपाली काँग्रेस धादिङका नेता एवम् पूर्व महासमिति सदस्य स्वं तेजप्रसाद उप्रेतीको १३ औँ  दिनको पुष्यतिथिमा काँग्रेस धादिङले धुनीबेसीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले केपि ओलि सरकारले प्रजातन्त्र मास्दै एक दलिय कम्युनिष्ट शासन ल्याउन खोजेको आरोप लगाए । ‘पार्टीलाई एक ढिक्का गर्नु जरुरी रहेको छ,’ सभापति देउवाले भने, ‘यदि पार्टी एकता भएन भने एक दलीय कम्युनिष्ट शासनले देशलाई मास्दै जान्छ ।’  

पार्टीलाई लागेको गम्भीर रोगले सबैलाई पीडा थपेको बताउँदै सभापति देउवाले जिल्लातहबाट एकताबद्ध भएर जानुपर्ने बताए । ‘पार्टीलाई एक गम्भीर रोग लागेको छ’, देउवाले भने, यो गम्भीर रोगलाई निर्मूल पार्न गुट छोडेर एकतामा जानु जरुरी छ । पञ्चायत कालमा एकढिक्का भएर लडेको काँग्रेस अहिले विभिन्न रोगले गलेको बताउँदै पार्टी एकता नभएसम्म रोगले सताइरहने बताए।

सरकार थप अधिनायकवादतर्फ लम्किरहेको बताउँदै कम्युनिष्ट सरकारविरुद्ध अन्तिम लडाई लड्नुपर्ने अवस्था आएको देउवाले बताए। जबसम्म पार्टीको एकता हुँदैन तबसम्म पार्टी अगाडि बढ्न नसक्ने उनको भनाई छ। कम्युनिष्टहरुले देशलाई गलत दिशातिर लैजान खोजेको भन्दै सभापति देउवाले छिटै नै यो पीडालाई कम गराउने दाबी पनि गरे। 

प्रकाशित: ८ मंसिर २०७५ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App