४ वैशाख २०८१ मंगलबार
राजनीति

यस्तो देखियो विप्लवको आमसभा (फोटो फिचर)

काठमाडौं– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा आमसभाको आयोजना गरेको छ। प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सम्बोधन गरेको सभामा हजारौको सहभागिता थियो। प्रदर्शनीमार्गमा आयोजित आमसभामा सहभागी हुन पार्टीका नेता कार्यकर्ता राजधानीका विभिन्न ठाउँबाट -यालीसहित आएका थिए। 

आमसभालाई सम्बोधन गर्दै प्रवक्ता विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाए। विश्वकर्माले ९ महिना सम्म सरकारले कुनै काम गर्न सक्दा सरकारको रुप जनताले चाल पाइसकेको बताए। ‘देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको छ’, उनले भने, ‘सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन।’

नेताहरु रातारात धनी कसरी भए भन्दै विश्वकर्माले प्रश्न गरे। ुहिजो केही नभएकाहरु आज कसरी धनी भएका छन्?’ उनको प्रश्न छ। ‘हिजो केही नभएका नेताहरु आज कसरी रातारात धनी भए?’, उनले भने, ‘जनताले हिसाव खोज्ने छन्।’ राष्ट्रलाई मुक्ति गर्नको लागि अन्तिम आन्दोलन जरुरी भएको उनले बताए।

यतिबेला देशलाई खण्डित बनाउने षडयन्त्रहरु चलिरहेको बताए। तराई, पहाड, हिमालका नाममा खण्डित गर्न खोजिएको उनको भनाई छ। राष्ट्रघातिहरुका विरुद्ध सवै नेपाली जनता सेना हुन जरुरी भएको भन्दै आव्हान गरे।

शान्ति बाटिकामा कार्यक्रम गर्ने भन्दा सरकारले बखेडा झिकेको समेत उनले बताए। ‘सुखी नेपाली र समृद्ध नेपालको नारा दिने सरकारले सभा गर्ने ठाउँ दिन किन सक्दैन’, भन्दै उनले प्रश्न गरे।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App