विश्वकर्माको प्रश्न : हिजो केही नभएका नेता कसरी धनी भए ?

शनिबार, ०८ मङि्सर २०७५, १६ : ०७ नागरिक

काठमाडौं-  नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाएका छन्।

पार्टीले राजधानीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै विश्वकर्माले ९ महिना सम्म सरकारले कुनै काम गर्न सक्दा सरकारको रुप जनताले चाल पाइसकेको बताए। 'देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको छ', उनले भने, 'सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन।'

नेताहरु रातारात धनी कसरी भए भन्दै विश्वकर्माले प्रश्न गरे। 'हिजो केही नभएकाहरु आज कसरी धनी भएका छन्?' उनको प्रश्न छ। 'हिजो केही नभएका नेताहरु आज कसरी रातारात धनी भए?', उनले भने, 'जनताले हिसाव खोज्ने छन्।' । राष्ट्रलाई मुक्ति गर्नको लागि अन्तिम आन्दोलन जरुरी भएको उनले बताए।

यतिबेला देशलाई खण्डित बनाउने षडयन्त्रहरु चलिरहेको बताए। तराई, पहाड, हिमालका नाममा खण्डित गर्न खोजिएको उनको भनाई छ। राष्ट्रघातिहरुका विरुद्ध सवै नेपाली जनता सेना हुन जरुरी भएको भन्दै आह्वान गरे।

शान्ति बाटिकामा कार्यक्रम गर्ने भन्दा सरकारले बखेडा झिकेको समेत उनले बताए। 'सुखी नेपाली र समृद्ध नेपालको नारा दिने सरकारले सभा गर्ने ठाउँ दिन किन सक्दैन', भन्दै उनले प्रश्न गरे।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad