coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु

तनहुँ - मोटरसाइकल दुर्घटना एकको मृत्यु भएको छ। डुम्रे–वेसिशहर सडक खण्ड अन्तर्गत भानु नगरपालिका–३ कुरकुनामा शनिबार सडक छेउमा माेटरसाइकल चालक भानु ३ ढुकुदीका ४० बर्षीय गणेश तामाङ मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शुक्रबार वेलुका डुम्रे जान्छु भनेर हिँडेका तामाङ शनिबार विहान कुरकुनामा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ।स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए। मोटरसाइकलको अगाडीको भाग क्षतविक्षत भएको अवस्थामा भेटिएको छ। घटनाको प्रकृति हेर्दा तामाङको सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रहरी भनाई छ।

 

प्रकाशित: ८ मंसिर २०७५ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App