१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कस्मिर युद्धमा पाकिस्तानको साथ दिने चीनको संकेत

इस्लामाबाद–यतिबेला भारत र पाकिस्तानबीच विवाद उत्कर्षमा पुगेकाे छ। कस्मिरकाे विषयलाइ लिएर दुवै मुलुकबीचकाे विवादले उग्ररूप दिँदै गर्दा कस्मिर युद्ध भयाे भनेचीनले भारतविरुद्धको कस्मिर युद्धमा पाकिस्तानको साथ दिने संकेत गरेको छ । पाकिस्तानबाट प्रकाशित हुने डान पत्रिकाका अनुसार चीनले पाकिस्तानलाई कुनै पनि छिमेकी राष्ट्रविरुद्ध सीमाको विषयमा हुने युद्धमा साथ दिने आश्वासन दिएको हो।

चीनका महावाणिज्यदूत यू बोरेनले पंजाब प्रान्तका मुख्यमन्त्री शहबाज शरिफको कार्यालयमा उनको जन्मदिनको अवसरमा भएको बैठकमा कुनैपनि छिमेकी राष्ट्रविरुद्ध सीमाको विषयमा हुने युद्धमा आफ्नो देशले साथ दिने बताएका हुन्।

बोरेनलाई उदृत गर्दै पत्रिकाले भनेको छ, ‘कस्मिरमा भएको अत्याचारको कुनै सीमाना छैन र यहाँ कुनै बहानाबाजी गरेर मुद्दालाई ओझेलमा पारिनु हुँदैन, यहाँको मुद्दा कस्मिरीहरुको चाहना अनुसार हुनपर्छ।चीनले कस्मिर मुद्दामा सँधै पाकिस्तानको साथ दिइरहेको छ र अब आउने दिनमा पनि हाम्रो साथ रहिरहनेछ।’

सो अवसरमा पाकिस्तान र चीनबीचको आर्थिक विषयलगायत विभिन्न परियोजनाको बारेमा पनि दुई देशबीच छलफल भएको बताइएको छ।
केही सयम अघि पाकिस्तानको बालुचिस्तानमा चीनको सहयोगमा  निर्माण हुन लागेको एक बन्दरगाहको विरोध गरेपछि चीन भारतसँग रुष्ट बनेको छ।

 

प्रकाशित: १० आश्विन २०७३ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App