६ वैशाख २०८१ बिहीबार
खेल

‘ए’ डिभिजन लिगमा सरस्वतीको पहिलो जित, फ्रेन्ड्सको लगातार तेस्रो हार

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको हो।

सरस्वतीको जितमा विदेशीहरू भिक्टोर, इब्राहिम र साचिइले गोल गरे। १३ औ मिनेटमा भिक्टोरको गोलमा सरस्वती युथ क्लबले खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको सरस्वतीले दोस्रो हाफमा थप २ गोल थप्यो।

७३ औ मिनेटमा इब्राहिमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यस्तै ८३ औं मिनेटमा साचिइले अर्को गोल थपेपछि सरस्वतीको जित सुनिश्चित भएको हो। जितपछि सरस्वतीले ३ खेलबाट ३ अंक जोडेको छ।

सरस्वती पहिलो खेलमा संकटा र दोस्रो खेलमा हिमालयन शेर्पा क्लबसँग पराजित भएको थियो। यता फ्रेन्ड्सको भने लिगमा यो लगातार तेस्रो हार हो। फ्रेन्ड्स पहिलो खेलमा थ्री स्टार र दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो।

प्रकाशित: ८ मंसिर २०७५ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App