coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कान्टे अझै ५ वर्ष चेल्सीमा रहने

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर एनगोलो कान्टेले क्लबसँगको सम्झौता ५ वर्ष लम्ब्याएका छन् । चेल्सीले शुक्रबार एक विज्ञप्तिमार्फत कान्टेले क्लबसँगको सम्झौता २०२३ सम्म लम्ब्याएको जनाएको छ।

कान्टे २०१६ मा लेस्टर सिटीबाट स्पाम्फोर्डब्रिज आएका थिए  । चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा ४ अंक कम हो।

‘एनगोलो कान्टेले आज स्टाम्पोर्डब्रिजसँगको सम्झौता ५ वर्ष लम्ब्याएका छन्,’ चेल्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘म चेल्सीसँगको सम्झौता लम्ब्याउन पाउँदा हर्षित छु । क्लबमा मेरो दुई वर्षको बसाइ सफल रह्यो । आशा छ, आगामी दिन पनि सुखद बन्नेछ,’ जुलाईमा फ्रान्सले रूस विश्वकपको उपाधि जित्दा टोलीका प्रमुख सदस्य रहेका २७ वर्षे कान्टेले भने, ‘यहाँ आएपछि मेरो खेल सुध्रिएको छ । आफ्नो प्रदर्शन थप सुधार्दै आफूलाई प्रमाणित गर्नु मेरा लागि थप चुनौती हो।’

प्रकाशित: ८ मंसिर २०७५ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App