८ वैशाख २०८१ शनिबार
अन्य

जब सातोपुत्लो गयो...

दशैंमा पनि अफिसको काममै व्यस्त भएकाले रिफ्रेश हुन कतै जानुपर्छ भन्ने सोचिरहेका बेला भोटेकोशी जाने निम्तो आयो पर्यटन पत्रकार विष्णुकान्त घिमिरेमार्फत। कात्तिक १२ गते विहानै ७ बजे ठमेलबाट हामी भोटेकोशीका लागि प्रस्थान ग-यौं। १४ जनाको हाम्रो टोली भोटेकोशी प्रस्थान ग-यो।

काठमाडौंको कोलाहलबाट बाहिर जान पाउँदा मनमा उत्साह थियो नै, त्यसमाथि साहसिक खेल खेल्न पाउने कुराले मन झनै रोमाञ्चित थियो। ७ बजे काठमाडौंबाट हिँडेका हामी ९ बजे सिम्लेमा रोकियौं खाजा खान। खाजा विश्रामपछि यात्रा फेरि सुरु भयो। करिब साढे ११ बजे हामी भोटेकोशी पुग्यौं।

वरीपरी हरिया डाँडा, ठाउँ ठाउँमा झरना, बीचमा कलकल बग्ने भोटेकोशी, नदीको बीचमा झोलुङ्गे पुल (जहाँबाट बञ्जी गराइन्छ)को दृश्यले मनलाई मोहित बनायो। बसबाट ओर्लेपछि झोलुङ्गे पुल पार गर्दै पाङलाङमा रहेको द लास्ट रिसोर्ट पुग्यौं, जुन हाम्रो वासस्थान थियो। रिसोर्टका जनरल म्यानेजर भुवन शर्मा र गाइड नविला बानु पनि काठमाडौंबाट हामीसँग थिए।

बन्जी मास्टरले हात माथि सिधा गर्न लगाए। एक, दुई, तीन बन्जी भन्दै हाम फाल्न निर्देशन दिए। तर म दुई पटक बन्जी भन्दा पनि हाम फालिन। डिलमा आधा खुट्टा राखेर डराइरहेको थिएँ। अन्ततः तेस्रोपटक ‘बन्जी’ भन्दा आफैं खसें।

शर्मा र वानुले हामीलाई केही खेल खेलाए। भर्खर यात्रा गरेर आएका हामीलाई एक्टिभ बनाउन उहाँहरुले कसरतस्वरुप वाकिङ्ग, डान्स, जम्प, ताली पिट्ने जस्ता क्रियाकलाप गराए। त्यसपछि सामूहिक एकता झल्काउने गिद्ध, स्याल र कखुराको खेल र डोरी नछोई त्यसलाई एक्लै र समूहमा पार गर्ने क्रियाकलाप पनि गराए। यसबाट हामीले सामूहिक एकता भए जे पनि सम्भव छ भन्ने महसुस ग-यौं।  

त्यसपश्चात हामीलाई रुमको नम्बर भनियो, तर साँचो दिइएन। किनभने यहाँ रुम भन्नाले टेन्ट थिए, जसमा प्रायः पर्यटक बस्छन्। रुममा झोला राखेर १० मिनेट आरामपछि हामी खाना खान निस्कियौं। खाना आइसकेपछि रिसोर्टका शर्मा र गाइड वानुले हाम्लाई रक क्लाइम्बिङ (पहाड चढ्ने) गर्ने स्थानमा लगे। रिसोर्टबाट ५ मिनेट दुरीको रक क्लाइम्बिङ गराउन प्राविधिक पनि तयार थिए। उनीहरुले रक क्लाइम्बिङ कसरी गर्ने विषयमा हाम्लाई संक्षिप्त जानकारी गराए। हेलमेट लगाएर, कम्मरमा डोरी झुण्ड्याएर हात र खुट्टाले खोंच पत्ता लगाउँदै चढ्नुपर्दाे रहेछ। सुरुमा मैले डोरी समातेर चढ्ने अनुमान लगाएको थिएँ। प्राविधिकका कुरा सुनेपछि कता कता गाह्रो पनि लाग्यो। तैपनि हामीले चढ्न सुरु ग¥यौं। १४ जनामध्ये ४ जना असफल भए भने बाँकी सबैले ५ तहको डाँडाको सफल आरोहण गरे। साहसिक खेलको पहिलो खुड्किलो गर्दा हामी खुसी थियौं। असफल हुने साथीहरु आफ्ना साथी पाएकोमा खुसी नै थिए। समग्रमा रक क्लाइम्बिङ रमाइलो भयो।

रक क्लाइम्बिङ गरेर रिसोर्ट फर्कियौं। जनरल म्यानेजर शर्मा, वानु र प्राविधिकले हामीलाई रिसोर्ट भित्रैको ज्याकोब ल्याडर अर्थात सिढीँ चढ्ने खेल खेलाए। यहाँ पनि टाउकोमा हेलमेट र कम्मरमा डोरी बाँधेर सिढीँ चढ्नुपर्ने रहेछ। सुरुमा सिँढी चढ्ने र पछि डोरी समातेर विस्तारै तल अवतरण गर्ने खेल रहेछ। यसमा भने सबै साथी सफल भए। तुलनात्मक रुपमा सजिलो खेल थियो यो। पहिलो दिन हामीले रक कलाइम्बिङ र ज्याकोब ल्याडर गरेर वितायौं। राति डिनरसँगै क्याम्प फायर ग¥यौ ं। क्याम्प फायरका क्रममा दोहोरी र अन्ताक्षरी खेल्दा रमाइलो भयो।

कात्तिक १३ गते मंगलवार हाम्रो दिन सुरु भयो बन्जी जम्पबाट। विहान बे्रकफास्ट खाई सकेपछि बन्जी मास्टरले हामीलाई संक्षिप्त जानकारी गराए। कसरी डोरी बाँध्ने, कसरी खोलामा हाम हाल्ने तथा माथि कसरी आउने मुख्यतः तीन कुरा हामीले जानकारी पायौं। बन्जी मास्टरले हाम्रो तौल पनि जाँचे। उनीहरुका अनुसार ४० वर्ष मुनीका व्यक्तिलाई स्वास्थ्यका कारण जम्प गर्न नपाइने प्रावधान रहेछ। बन्जी मास्टरले हाम्रो स्वास्थ्य अवस्थाबारे पनि सोध्यो। सबैको ठिक रहेको स्पष्ट भएपछि बन्जी स्पट तर्फ अघि बढ्यो हाम्रो टोली। १४ जनाको टिमले बन्जी गर्न करिब डेढ घण्टा लाग्ने जानकारी बन्जी मास्टरले हामीलाई गराए।

सुरुमा शरद (हिमाल खबरका शरद ओझा)ले बन्जीमा जम्प गरे। हेर्दा रमाइलो लाग्यो र कतिखेर पालो आउला भनी लोभियौं। मेरो पालो ११ औं नम्बरमा आयो। बन्जी मास्टरले डोरी कम्मर र खुट्टामा बाध्यो र जम्प हान्ने तथा माथि आउने तरिका सिकायो। अर्का बन्जी मास्टरले हातमा क्यामेरा बाँधिदिए। साथै उनी भिडियो खिच्न अर्काे क्यामेरा हातमा लिएर रेडी अवस्थामा थिए। सुरुमा उनले मेरो बन्जी गर्न जानुअघिको अनुभूतीबारे सोधे। मैले संक्षिप्तमा सुनाए। उनले रेकर्ड गरे। त्यसपछि म जम्प गर्न अघि बढें। खुट्टामा मोटो डोरी बाँधिएको थियो, बन्जी मास्टरले खतरा रेखाभित्र मलाई प्रवेश गराए। म अघि बढें। उनले पछाडीबाट दुई हातले मलाई समातेका थिए र मेरो खुट्टा अगाडि सार्न लगाइरहेका थिए। खुट्टाको आधा भाग डिलभन्दा बाहिर पुगिसकेको थियो। मेरो जुत्ता लामो भएकाले अब भने खस्छु कि भन्ने डर लागिसकेको थियो। बन्जी मास्टले हात माथि सिधा गर्न लगाए। एक, दुई, तीन बन्जी भन्दै हाम फाल्न निर्देशन दिए। तर म दुई पटक बन्जी भन्दा पनि हाम फालिन। डिलमा आधा खुट्टा राखेर डराइरहेको थिएँ। अन्ततः तेस्रोपटक ‘बन्जी’ भन्दा आफैं खसें। जम्प हान्न खोजेको तर सोचेको जस्तो हुँदो रहेनछ। तल खसेपछि एकपटक त सातोपुत्लो नै गयो। केही याद भएन। तर जब तल पुगेर डोरीले माथि हुत्यायो त्यसपछि भने निकै रमाइलो भयो। डरमाथि जित हासिल गरेजस्तो भयो। दुईपटक डोरी हुत्तिएपछि खुट्टाबाट डोरी हटाएँ र कम्मरमा डोरीबाट सुल्टो फर्किएँ। माथि (पुल)बाट बन्जी मास्टरले माथि तान्ने अर्काे डोरी पठाए। त्यो डोरीको हुक कम्मरमा अड्क्याएँ र हात फैलाउँदै माथि तान्न इशारा गरें। बन्जी मास्टरले केही छिनमै माथि ताने।

यसरी अप्रत्यासित रुपमा बन्जीको सफल जम्प गरे। जम्प गर्दा हातमा क्यामेरा छ भन्ने यादै भएन। जसका कारण क्यामेरालाई आफ्नो अनुहारतिर फर्काउने मौका नै पाइनँ। गाउँमा हुँदा डाँडाबाट हाम फालेर नदीमा पौडी खेल्ने, सडकको पुलबाट नदी हाम फाल्ने गरिन्थ्यो। त्यसकारण मलाई बन्जी जम्प गर्न त्यति धेरै अप्ठेरो लागेन। तर किनारमा आधा खुट्टा मात्रै उभिँदा, बन्जी मास्टरको निर्देशन कुर्दा स्वभाविक रुपमा डर लाग्ने रहेछ। हाम्रो टिममा तीर्थ सर (राससका तीर्थ भट्टराई)ले जम्प गरेनन्। उमेरले अर्धशतक पार गरेका उनलाई सबै साथीले केही हुँदैन भन्दै हौसला दिएका थिए।

अन्नतः हामी १३ जनाले १६० मिटर लामो बन्जीमा जम्प ग-यौं। भोटेकोशीमा यो प्राकृतिक बन्जी दक्षिण एसियाकै लामो बन्जी हो। बन्जी गरिसकेपछि हाम्रो टोली रिसोर्ट फर्कियो। हामी अर्काे साहसिक खेल क्यानोनिङ (छाँगावरोहण)को तयारीमा थियौं। रिसोर्टमै हामीले क्यानोनिङ गर्नका लागि ड्रेस लगायौं। गाइडले हामीलाई कम्मरमा डोरी अड्याउने कपडा र टाउकोमा हेलमेट लगाइदिए। ड्रेस (क्यानोनिङ सुट) हामी आफैले लगायौं। त्यसपछि हाम्रो टोली झण्डै आधा किलोमिटर टाढाको पाङ्लाङ खोलामा क्यानोनिङका लागि पुग्यो। ठूलो पहाडको फेदबाट बगिरहेको खोलाभरी झरना थिए। ८ तहमा १५७ मिटर लामो झरनाको अवरोहण गर्नुथियो हामीले। सुरुमा गाइडले क्यानोनिङ कसरी गर्ने, डोरी कसरी तान्ने, कसरी तल झर्ने विषयमा जानकारी गराए। गाइडको विफ्रिङपछि छहरामा रहेको डोरीलाई कम्मर बाँध्दै सुरु भयो हाम्रो क्यानोनिङ। सबैले पहिलो तह पार गरे, जुन सजिलो थियो। दोस्रो तहबाट भने अलि लामो थियो झरना, जसलाई पार गर्दा रमाइलोका साथै अलि डर पनि लाग्यो। तर गर्दै जाँदा सजिलो पनि लाग्यो। सबैभन्दा लामो झरना ४५ मिटरको थियो। त्यो पनि सहजै पार गरियो। जति जति तल झर्यो त्यति नै रमाइलो हुँदो रहेछ। त्यसमा माथि झरेको पानीले भिजाउँदा झनै रमाइलो।  

क्यानोनिङमा डोरी कम्मरमा बाँधेर त्यसकै सहायताले डोरी अलिअलि छाड्दै डरलाग्दा छाँगा र छहराबाट तल झरिन्छ। झर्ने क्रममा छाँगाको पानीले पूरै भिज्ने तथा छाँगाको पानीको बहावले शरीरमा हान्ने गर्छ। जुन रमाइलो र आनन्ददायी क्षण हुन्छ। १४ जनाको टिम भएकाले हामीलाई क्यानोनिङ गर्न ३/४ घण्टा नै लाग्यो। क्यानोनिङको अन्तिम विन्दुमा भोटेकोशी नदी नजिकै पुगेपछि त्यहाँबाट उकालो चढेर हामी रिसोर्टतिर फर्कियौं। रिसोर्ट पुग्दा करिब ४ बजिसकेको थियो। क्यानोनिङ गर्दा लाएको ड्रेस चेञ्ज गरेर नुवाईधुवाई गरी खाना खायौं।

धेरै जनाले एकैपटक क्यानोनिङ गर्दा समय धेरै लाग्यो र हाम्रो खाना ढिला भइसकेको थियो। खाना खाइसकेपछि हामीले रिसोर्टका महाप्रबन्धक भुवन शर्मासँग भोटेकोशीको पर्यटन सम्भावना, समस्या र चुनौतीबारे जानकारी लियौं। उनले भूकम्पपछि चिनियाँ नाका तातोपानी जोड्ने सडक विग्रिएको र त्यसको मर्मत गरिदिए हुन्थ्यो भन्ने आवश्यकता हामीसँग राखे। भूकम्पपछि विदेशी पर्यटक घटेको र आन्तरिक पर्यटक ७० प्रतिशत उनले जानकारी दिए।

‘पहिले ७० प्रतिशत विदेशी, ३० प्रतिशत आन्तरिक पर्यटक हुन्थे’, उनले सुनाए, ‘अहिले ठिक उल्टो छ, ७० प्रतिशत आन्तरिक पर्यटक छन्, भारत, चीन, दुबईबाट गरी ३० प्रतिशत आइरहेका छन्।’

नेपालमा महंगी बढ्नु र पर्यटकका लागि राज्यले केही नर्गनुले विदेशी पर्यटक घटेको उनको बुझाई छ। शर्मासँगको संक्षिप्त कुराकानीपछि हामीहरुले चिया खाँदै दुई दिनको अनुभव सुनायौं। गाइड नविला बानुले हाम्रो अनुभवलाई रेकर्ड गरे। त्यसपछि ग्रुप फोटो खिच्दै हामी भोटेकाशीबाट विदा भयौं।

यो दुई दिनको यात्रामा मलाई के महसुस भयो भने साहसिक पर्यटनको गन्तव्य रहेछ भोटेकोशी। नयाँ नयाँ एडभेन्चरको अनुभव पाइँदो रहेछ यहाँ। भोटेकोशी नगरपालिका साँच्चै नै एडभेन्चर छ पर्यटकका लागि। यहाँ राफ्टिङदेखि बन्जी जम्पसम्मका साहसिक खेल अनुभव लिन पाइन्छ। काठमाडौंको धुलो धुवाँ तथा ध्वनी प्रदूषणबाट केही हदसम्म भएपनि मुक्ति पाइन्छ। ठूलो हरियाली पहाड, विशाल भोटेकोशी नदी, चिसो हावा, हिमालको मनोरम दृश्यले पर्यटकलाई आनन्दित बनाउँछ। भोटेकोशीमा बन्जी जम्प, क्यानोनिङ, रक क्लाइम्बिङ, ज्याकब ल्याडर, राफ्टिङ, स्विङ, टेण्डम स्विङ, क्याम्प फायर लगायतका सुविधा छन्।

प्रकाशित: ८ मंसिर २०७५ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App