८ वैशाख २०८१ शनिबार
खेल

थ्री स्टार समुह विजेता

काठमाडौं– नेपाली लिग च्याम्पियन रुस्लान थ्रीस्टार क्लब समूह विजेता बन्दै बोर्डोलोइ कप फुटबल प्रतियोगिताको सेमिफाइनलपुगेको छ ।

भारतको गुवाहटीमा जारी प्रतियोगितामा आइतबार थ्रीस्टारले भारतीय आई लिग क्लब सिलोङ लाजोङसँग १–१ को बराबरी खेलेको थियो । बराबरीपछि बोर्डोलोइको ६४औं संस्करणमा थ्री स्टार समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । थ्रीस्टार र सिलोङको समान ५ अंक भए पनि गोलभिन्नताका आधारमा थ्रीस्टार समूह विजेता बनेको हो ।

नेहरु रंगशालामा भारतीय टोली सिलोङले २७औं मिनेटमा अग्रता लिएको थियो । तर निराजन खड्काले ६१औं मिनेटमा गोल फर्काएपछि थ्रीस्टार खेल बराबरी गर्न सफल भयो । आइतबारको खेलमा चोटका कारण आराम गरिरहेका प्रकाश बुढाथोकी र अघिल्लो खेलमा रातो कार्ड पाएका विजय धिमाल खेलेनन् ।

समूह चरणको पहिलो खेलमा थ्रीस्टारले नागाल्यान्डको बारक फुटबल क्लबलाई ६–१ ले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको थियो । दोस्रो खेलमा थ्रीस्टारले ओयल इन्डिया टोलीसँग १–१ को बराबरी खेलेको थियो ।

प्रकाशित: १० आश्विन २०७३ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App