coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यालय बन्द गरेर शिक्षक अान्दाेलनमा

सामाजिक विकास मन्त्रालय घेराउ गर्दै शिक्षक। तस्बिर : विनाेद/नागरिक

रुपन्देही - प्रदेश नम्बर ५ मा रहेका विद्यालय बन्द गरेर नेपाल शिक्षक महासंघ विरोधमा उत्रेको छ। सामुदायिक विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारी ले शुक्रबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालय घेराउ गरेका हुन्। उनीहरुले २३ सुत्रीय माग राखेका छन्।

महासंघले स्थानीय तहलाई शिक्षा सम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको व्यवस्था गरिनुपर्ने, तत्कालिन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रबन्ध गरी स्थायी बनाउने प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकलाई स्थायी गर्न प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग राखेकाे छ।

आफूहरुको मागप्रति सरकारले वेवास्ता गरेकाले आन्दोलन गरेको महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले बताए। उनले प्रदेशका १२ वटै जिल्लाका शिक्षकहरु अान्दाेलनतमा सहभागी भएको बताए।

 

प्रकाशित: ७ मंसिर २०७५ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App