७ वैशाख २०८१ शुक्रबार
खेल

ललितपुरद्वारा तीन विदेशीको नाम सार्वजनिक

काठमाडौं – ललितपुर प्याट्रियोट्सले बिहीबार एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वानटी–२० प्रतियोगितामा सहभागी हुने तीन विदेशी खेलाडीको नाम  सार्वजनिक गरेको छ।

प्याट्रियोट्सले यस सिजनका लागि विकेटकिपर ब्याट्सम्यान जयकिसन कोल्सावाला, अलराउन्डर सन्नी पटेल र गौरव तमोरलाई समावेश गरेको हो। पटेल र कोल्साबालाले गत संस्करणमा पनि इपिएलमा प्याट्रियोट्सबाट खेलेका थिए।
प्रतियोगिताको नियमअनुसार सहभागी प्रत्येक टोलीले १५ सदस्यीय टोलीमा कम्तीमा ३ विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्नेछ।

मंसिर २२ गतेबाट पुस ६ गते सम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्याट्रियोट्सले उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्सविरुद्धको खेलसँगै प्रतियोगिताको सुरुआत गर्नेछ।

‘हामी टोलीमा अनुवभी र उत्कृष्ट तीन भारतीय खेलाडी समावेश गर्न पाउँदा हर्षित छाैं। उनीहरूको उपस्थितिले टोलीको मनोबलसमेत बढ्नेछ। आशा छ, टोलीले गत संस्करणभन्दा उत्कृष्ट प्रदर्शन गर्नेछ,’ प्याट्रियोट्सका प्रशिक्षक राजु बस्न्यातले भने।

राउन्ड रोबिन लिग प्रणालीमा हुने प्र्रतियोगिताका शीर्ष दुई टोली क्वालिफायरमा प्रवेश गर्नेछन्। जसको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि तेस्रो र चौथो स्थानको टोलीबीच हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं किङ्स एक्सआई, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहनेछ। विराटनगरले भैरहवालाई पराजित गर्दै गत संस्करणको उपाधि जितको थियो।

प्रकाशित: ७ मंसिर २०७५ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App