नेपालमा हेभी इक्युपमेन्टका लागि राम्राे बजार

शुक्रबार, ०७ मङि्सर २०७५, ०९ : ०७ नागरिक

135


नेपालमा पूर्वाधार निर्माणको क्रियाकलाप बढ्दै जाँदा ठूला निर्माण सामग्री (हेभी इक्युपमेन्ट)को बजार पनि फराकिलो बन्दै गएको छ। ठूला पूर्वाधार निर्माणमा हेभी इक्युपमेन्टको प्रयोग अपरिहार्य हुने भएकोले पनि यसको माग बढ्दै गएको हो। यसैलाई मध्यनजर गर्दै हेभी इक्युपमेन्ट उत्पादन गर्ने विभिन्न मुलुकका उत्पादकहरु नेपालमा केन्द्रित भएका छन्। त्यसमध्येको एक हो, जेसिबी इन्डिया लिमिटेड। भारतस्थित यो कम्पनी ठूला निर्माण सामग्री उत्पादकमा विश्वमै अग्रणी स्थानमा आउने कम्पनीका अधिकारीको भनाइ छ। मोरङ अटो वर्कस् (एमएडब्लु)ले नेपालमा जेसिबीका ठूला उपकरणहरु बिक्री वितरण गर्दै आएको छ। यसैबीच भारतीय उद्योग संघ (सिआइआई)द्वारा आयोजित कन्म्याक प्रदर्शनी २०१८ मा सहभागी हुन जेसिबी इन्डिया लिमिटेडका सिइओ विपिन सोन्धी नेपाल आएका छन्। नेपालमा ठूला उपकरणको बजार, जेसिबीको बजार रणनीति तथा प्रदर्शनीबारे केन्द्रित रहेर सिइओ सोन्धीसँग नागरिकले गरेको कुराकानीको संपादित अंशः

तपाइँको नेपाल भ्रमण र कन्म्याक प्रदर्शनीबारे केही बताइदिनुस् न ?
मेरो नेपाल भ्रमणको कारण ‘सिआइआई कन्म्याक प्रदर्शनी २०१८’ नै हो। यो हेभी इक्युपमेन्टको एकदमै वृहत प्रदर्शनी हो, जुन नेपालमा पहिलोपटक हुँदैछ। हेभी इक्युपमेन्टका लागि नेपाली बजार द्रूतगतिमा बढिरहेको छ । त्यसैले यहाँ विश्वका ठूला उत्पादक (ब्रान्ड) आइरहेका छन्। यही कुरालाई मध्यनजर गर्दै यो प्रर्दशनी आयोजना गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य भनेको हाम्रा ग्राहक र सरकारी कर्मचारीलाई हेभी इक्युपमेन्टबारे जानकारी गराउनु हो। ग्राहक हाम्रो लागि महत्वपूर्ण छन्, किनकी हाम्रा प्रोडक्ट ग्राहककै लागि हो। अर्को कुरा सरकारी कर्मचारी भनेको नियमक निकाय हुन्। त्यसैले यी दुबै हाम्रा लागि महत्वपूर्ण छन्।

नेपाल सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर अगाडि बढिरहेको सन्दर्भमा हेभी इक्युपमेन्ट उत्पादकको हिसाबले यहाँको बजारलाई कसरी हेर्नुभएको छ ?
मैले अघि पनि भनेँ, नेपाली बजार बढ्नु भनेको हाम्रो लागि एकदमै महत्वपूर्ण अवसर हो। अहिले पूर्वाधार विकासको कामले तीव्रता पाएकाले हेभी इक्युपमेन्टको बजार बढ्ने क्रममा छ। यस्तोमा नेपाली बजार हाम्रो लागि साँच्चै नै महŒवपूर्ण छ। विगतका वर्षहरुमा प्रतिकूल परिस्थितिमा पनि हाम्रो प्रोडक्टको बिक्री १५ देखि २० प्रतिशतले बढेको अवस्था छ। यसलाई एकदमै सन्तोषजनक रुपमा लिएका छौं। आशा गरौं नेपाल सरकारले पूर्वाधार विकासमा दिइरहेको प्राथमिकताले हाम्रो बजार अझ बढ्नेछ। सबैभन्दा राम्रो पक्ष भनेको मोरङ अटोवक्र्स जेसिबीको विश्वकै उत्कृष्ट पाँच डिलरमध्ये एक हो।

नेपालमा जेसिबीको लक्ष्य के हो र बजार रणनीति कस्तो छ ?
नेपाल हेभी इक्युपमेन्टको लागि राम्रो बजार हो। हामीले कन्म्याक प्रदर्शनीमा दुईवटा नयाँ एक्साभेटर ल्याएका छौं। हामीले विश्वभरकै उत्पादन लिएर आएका छौं। पूर्वाधार विकासको लागि अत्याधिक खर्च गर्नेमा पर्ने भएकोले यी उत्पादन नेपालको विकासका लागि अभिन्न अंग बन्न सक्ने विश्वास छ।

हाम्रो मुख्य प्राथमिकता भनेको हाम्रा ग्राहकसँगको सम्बन्धलाई सुमधुर बनाइराख्नु हो। हाम्रो सेवा मेशिन बेचिसकेपछि सकिँदैन। बिक्रीपछिको सुविधा पनि हाम्रो दायित्वभित्र पर्दछ। जसको लागि हामी विश्वसनीय सामान बेच्नुका साथै हाम्रा डिलरसँग पनि निरन्तर सम्पर्कमा हुन्छौं ताकी सामान किनेपछि ग्राहकलाई कुनै समस्या नहोस्।

जेसेबीले नेपाली बजारलाई एउटा राम्रो अवसरको रुपमा लिएको छ। एमएडब्लु भूमी उत्खनन् मेसिनको नयाँ डिलरसिप भवन उद्घाटन गरेका छौं। यस भवनमार्फत् विश्वस्तरीय तथा उच्च प्रविधियुक्त सामग्री प्रदान गर्ने योजना छ। अहिले नेपालभर २८ शाखामार्फत् सेवा पु-याइरहेका छौं। साथै, एमएडब्लुले तीन सय ५० भन्दा धेरै व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको छ।

नेपाली बजारमा जापानिज लगायत अन्य ब्रान्डको उपस्थिति बलियो छ। यस्तो प्रतिस्पर्धात्मक बजारमा जेसिबीको नीति के छ ?
निर्माण र अर्थमुभिङ उपकरणमा जेसिबी विश्वकै अग्रणी निर्माता बनेको छ। सन् १९४५ मा स्थापना भएको जेसिबी आज २२ वटा कारखानाबाट उत्पादन हुन्छ।दक्षिण एसियामा ६५ वटा डिलर र ६ सय ५० वटा आउटलेट छन्। जसले गर्दा हाम्रा उत्पादन ग्राहकसमक्ष पु-याउन सहज भएको छ।

स्वाभाविक रुपमा नेपाली बजार एकदमै प्रतिस्पर्धात्मक छ । यहाँ जापान, चीन, भारतलगायत देशबाट मेसिन आयात हुने गर्छ। यस्तोमा प्रतिस्पर्धा बढ्नु स्वाभाविक हो। तर, हामीले यसलाई अवसरको रुपमा लिएका छौं। हाम्रो लक्ष्य भनेको ग्राहकको सन्तुष्टि हो। यस्तोमा हामी बजारमा सबैभन्दा अगाडि छौं। ग्राहकको चाहनालाई ध्यानमा राखेर हामीले सामान ल्याएका छौं। नेपाली ग्राहक र नेपालको आवश्यकतालाई बुझेर बजार रणनीति बनाएका छौं। बिक्रीमात्र नभएर सर्भिसको लागि पनि विशेष प्राथमिकता दिएका छौं। निर्माण क्षेत्रका लागि मात्र नभएर कृषि क्षेत्रका लागि पनि नेपाली बजारको मागअनुसार नयाँ र अत्याधुनिक उपकरण ल्याउनेछौं।







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad