coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बाह्र वर्षपछि सचिनको ‘ए मान्छे’

काठमाडौं – पुराना गायक सचिन रौनियारले १२ वर्षपछि ‘ए मान्छे’ बोलको भिडियो दर्शकमाझ ल्याएका छन्। राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरियो।

गीतमा प्रकाश सापकोटाको शब्द तथा जितेन लेप्चाको संगीत छ। गीतमा सचिनसँगै सञ्जय श्रेष्ठ, बबिन प्रधान, भीम तुलाधर तथा जातिगत भेषभूषामा सजिएका कोरस  फिचरिङ छन्। सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी, उत्सव दाहाल र विजय बस्नेतको छायांकन तथा भरत रेग्मीको सम्पादन छ।

गायक सचिनले १७ गीतको रेकर्ड गराइसकेपछि ‘ए मान्छे’ जन्मिएको बताए। ‘मैले यो गीत अघि झण्डै १७ वटा गीत रेकर्ड गराएको थिएँ। पप लोक फ्युजन शैलीको यो गीत तयार पार्न मलाई ९ महिना लाग्यो,’उनले भने, ‘यो गीत वर्तमान नेपाली सन्दर्भसँग मेल खान्छ। खास गरी राजनीतिक अस्थिरताले जनता आहत भइरहेको बेला अनेकतामा एकताको सन्देश दिन गीत तयार पारेको हुँ।’

कार्यक्रममा संगीतकार न्यु बज्राचार्य, गायक जेम्स प्रधान, योगेश्वर अमात्य, गायिका सुकमित गुरुङ, अभिनेत्री सनी रौनियारले गीत मन पराएको बताएका थिए।

२०४३ सालमा पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका सचिनले सांगीतिक करियरमा १२ एल्बम बजारमा ल्याइसकेका छन्। उनले गाएका ‘छ भनौ कि छैन भनौ’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन ए कान्छी’, ‘ए माया कहाँ छौ कहाँ’, ‘झन् झन् बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’लगायतका गीत रुचाइएका गीतमा पर्दछन्।

प्रकाशित: ७ मंसिर २०७५ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App