७ वैशाख २०८१ शुक्रबार
राजनीति

एक्लिए महन्थ

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल गठनसँगै पार्टीको नेतृत्व गर्दै आएका महन्थ ठाकुर पार्टी एकीकरण भएको एक वर्ष ८ महिनापछि पार्टीमा अल्पमतमा परेका छन्। जसबाट पार्टीको नेतृत्व परिर्वतन भएको छ। गत मंगलबार बसेको राजपाको अध्यक्षमण्डलको बैठकमा अध्यक्षमण्डलका ६ मध्ये ४ सदस्य अध्यक्षमण्डलको नेतृत्व परिवर्तन गर्नुपर्ने अडानमा उभिए। यसपछि नेतृत्व परिवर्तनको प्रस्तावलाई उनले स्वाभाविक रूपमा स्वीकार गरे। मंगलबार राजपाले निकालेको प्रेस विज्ञप्तिमा ठाकुर आफैंले हस्ताक्षर गरेका थिए।

राजपा अध्यक्षमण्डलको संयोजकको हैसियतमा ठाकुरले गत कात्तिकमै आगामी मंसिर ७ देखि मधेसका सबै जिल्लामा भ्रमण गर्ने कार्यक्रम बनाएका थिए। तर, अध्यक्षमण्डलको संयोजक परिवर्तन भएपछि उनको सो भ्रमण कार्यक्रम पनि रद्ध गरिएको स्रोतको भनाइ छ।

मंगलबार बसेको बैठकले ठाकुरले यसअघि गरेका पदाधिकारी मनोयनलाई पनि रद्ध गर्ने निर्णय गरेको छ। राजपाको महाधिवेशनको तिथि घोषणा भइसकेपछि पनि ठाकुरले महासचिव, सहमहासचिव तथा केही केन्द्रीय सदस्यहरू नियुक्त गरेका थिए। उनले आफैं पदाधिकारी नियुक्त गरेको चिठी सम्बन्धित व्यक्तिलाई दिएका थिए। यसको औपचारिक जानकारी र रेकर्ड पार्टी कार्यालयमा समेत थिएन।

ठाकुरले यसअघि अरविन्द साह (धनुषा) र रामकृष्ण यादव (बारा) लाई सहमहासचिवमा नियुक्त गरेका थिए। यसैगरी उनले रमन सिंह (धनुषा), धिरज पटेल, गिता सिंह (कैलाली), सुरेन्द्र यादव (सप्तरी)लाई केन्द्रीय सदस्यमा मनोनित गरेको चिठी दिएका थिए। केही दिनअघि मात्र उनले ४ महासचिव र २ सहमहासचिव सुटुक्क नियुक्त गरेका थिए।

ठाकुरले विनोद सिंह, जयप्रकाश ठाकुर, शशीकपुर मिया र पुरूषोत्तम झालाई महासचिवमा नियुक्त गरेका थिए। महासचिवमा नियुक्त गरिएका झा अहिले पनि संघीय फोरममा पनि आबद्ध थिए। ठाकुरले धमाधम पदाधिकारी नियुक्त गरेपछि महाधिवेशनको तिथि घोषणा भइसकेपछि पदाधिकारी थप्न नमिल्ने तर्क ठाकुरसँग असन्तुष्ट नेताहरूको भनाइ थियो।

स्रोतका अनुसार मंगलबारको बैठकमा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने प्रस्तावलाई अनिल झाले मात्रै अस्विकार गरेका थिए। बैठकमा यस्तो प्रस्ताव शरतसिंह भण्डारीले राखेका थिए। महेन्द्र यादवले पनि भण्डारीको प्रस्तावलाई सहमति जनाएका थिए। महतोले पनि भण्डारीको प्रस्तावमा सहमति जनाए।

राजपा गठन हुँदा गत २०७४ वैशाखमा अध्यक्षमण्डलका ६ सदस्यमध्येबाट दुइ ÷दुइ महिनामा चक्रीय प्रणालीबाट संयोजक परिवर्तन गर्ने सहमति गरिएको थियो तर लामोसमयसम्म सो सहमति कार्यान्वयन गरिएको थिएन। अध्यक्षमण्डलका सदस्यहरूले ठाकुरलाई संयोजक स्वीकार गरेका थिए। तर पछिल्लो समय ठाकुरले गरेका निर्णयविरूद्ध पार्टीमा असन्तुष्टि बढ्दै गएको थियो,’ स्रोतले भन्यो।। ठाकुरले गरेका निर्णय एकलौटी भएको भन्दै अध्यक्षमण्डलका बहमुत सदस्यहरू ठाकुरको विपक्षमा उभिएका थिए। मंगलबारको बैठकमा अध्यक्षमण्डलको संयोजक परिर्वतन गर्ने निर्णय बहुमतबाट गरिएको पार्टीले निकालेको विज्ञप्तिमै जनाइएको छ। स्रोत भन्छ, ‘प्रेस विज्ञप्तिको मस्यौदा बनाउदा सहमतिबाट संयोजक परिवर्तन गरिएको भन्ने वाक्य लेखिएको थियो। यसमा झाले आपत्ति जनाए। पछि उनले आफैं, ‘सहमतिबाट’ भन्ने शब्दमा रेजा लगाएर ‘बहुमतबाट निर्णय गरिएको’ भन्ने वाक्य लेखेका थिए। जुन विज्ञप्तिमा प्रष्टसँग देखिन्छ।

स्रोतका हाल पार्टीका ६ अध्यक्षमध्ये ६ सदस्य एकातिर र दुई सदस्य अर्कातिर छन्। ठाकुरलाई झाले साथ दिएका छन्। तर झा आफैं अल्पमतमा परेपछि बहुमतबाट निर्णय गरियो। स्रोतका अनुसार ठाकुरले गरेका पदाधिकरी मनोनयनमध्ये केही मनोयनलाई नवनियुक्त संयोजक महन्थ ठाकुरले कायम राख्ने तयारी गरेका छन्। आगामी आइतबार बस्ने अध्यक्षमण्डलको बैठकमा यसबारेमा छलफल हुने नेताहरूले जनाएका छन्।

प्रकाशित: ७ मंसिर २०७५ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App