८ वैशाख २०८१ शनिबार
समाज

गुन्डा नाइके लागुऔषधसहित पक्राउ

काठमाडौं– गुन्डा नाइके जसवन्त राई भन्ने अश्विनकुमार राईलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालीमाटीले नियमित चेकजाँचका क्रममा राईलाई लागुऔषध खैरो हिरोइनसहित आइतबार कालीमाटीबाट पक्राउ गरेको हो ।

वृत्तका डीएसपी नवराज अधिकारीले नियमित चेकजाँचमा राईका साथबाट शंकास्पद खैरो धुलो फेला परेको र नियन्त्रणमा लिएपछि राई प्रहरी कारबाही भोगेका पटके रहेको खुलेको बताए ।

यसअघि राईलाई ९ असारमा महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्मरमुनि दुई राउन्ड गोली हानेर बिजुलीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । कलंकी र कालिमाटी क्षेत्रका व्यवसायीसँग असुली गरेको र एक व्यापारीलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका राई २० भदौमा काठमाडौं जिल्ला अदालतको आदेशले एक लाख धरौटी बुझाएर रिहा भएका थिए । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न राई धरौटी बुझाएर रिहा भएपछि पुनः असुलीमा सक्रिय थिए ।

प्रकाशित: १० आश्विन २०७३ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App