८ वैशाख २०८१ शनिबार
समाज

डडेल्धुरामा स्कुल बस दुर्घटना, १६ जनाकाे मृत्यु

दुर्घटनाका घाइतेहरु। तस्बिर : पुस्कर/नागरिक

डडेल्धुरा - डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलमा बिहिबार साँझ स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

डडेल्धुरामा रहेकाे उग्रतारा भगवती मेला देहिजाँत हेरेर डोटी फर्कने क्रममा करिब बेलुकी ५ः४० बजे डोटी स्थित पिसजोन एकेडेमीको से १ क २९३ नं काे स्कुल बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसीले जानकारी दिए। उद्धार गरिएका घाइतेहरुको अहिले उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

दुर्घटनास्थलमा अहिले तीन वटै सुरक्षा निकाय र स्थानीय वासिन्दा उद्धार कार्यमा खटेका छन्। बस सडकबाट तीन सय मिटर तल खोलामा खसेको छ। क्षमता भन्दा बढी विद्यार्थी बसमा सवार भएका कारण गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तर दुर्घटनाको बिस्तृत विवरण भने आउन बाँकी छ। बसमा सवार यात्रुको संख्या एकिन हुन नसकेपनि विद्यार्थी तथा शिक्षक गरी करिब ३० भन्दा बढी सवार रहेको जनाइएको छ।

प्रकाशित: ६ मंसिर २०७५ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App