coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समृद्ध नेपाल नभएसम्म विश्राम लिन्नः मुख्यमन्त्री पौडेल

तस्बिर : अशाेकसुजन/नागरिक

मकवानपुर - तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान सफल नभएसम्म विश्राम नलिने बताएका छन्। प्रदेश तहमा आर्थिक विकासको रणनीति विषयक २ दिने कार्यशालाको हेटौंडामा बिहीबार उद्घाटन गरेपछि उनले आर्थिक विकासका लागि गन्तव्य प्रष्ट हुनुपर्नेमा जोड दिए।

प्रदेश सरकार गठन भएको ८ महिनामा धेरै सकारात्मक कामहरु सुरु भएको दाबी गर्दै उनले अब सरकारको कामको प्रतिफल देखिने समय आएको बताए। ‘दैनिक कार्यलाई आर्थिक विकास र उत्पादनसँग जोडेमा समृद्धि भेट्टाउन धेरै समय लाग्दैन,’ उनले भने।

संघसँग प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर जनताको सपना पुरा गर्ने अभियानमा अघि बढेको बताउँदै उनले कर्मचारी अभावले केही समस्या देखा परेको बताए। ‘प्राविधिक कर्मचारीको झन धेरै अभाव भएको छ,’ उनले थपे, ‘संघीय सरकारले हालसम्म पनि न्यूनतम कर्मचारी नपठाउँदा प्रदेश र स्थानीय तहको काम प्रभावित भएको छ।’

केही समयपछि प्रदेश सरकारकाे कामले तिव्रता लिने बताउँदै मुख्यमन्त्री पौडेलले कामका लागि काम भन्दा पनि नागरिकले अनुभूति गर्ने परिणाममुखी काम गर्नुपर्ने बेला आएको बताए। ‘प्रदेश सरकारको ९ महिना अवधिमा के के काम गर्‍याे भनेर नागरिकले सोधिरहेको छ,’ उनले भने, ‘काम गर्ने शैली र मानसिकतामा परिवर्तन गर्नुपर्ने बेला आएको छ, ढिलाई गर्नु हुन्न।’ प्रदेशस्तरमा सेमिनार र गोष्ठी धेरै भए पनि परिणाम नआएकोमा गुनासो गर्दै उनले कार्यक्रमहरु परिणाममुखी बनाउन निर्देशन समेत दिए।

प्रकाशित: ६ मंसिर २०७५ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App