देउवाको दुखेसो : सरकारका विरुद्ध माधव नेपाल बोली सके, हाम्रा साथी एक शब्द बोल्दैनन्

बिहिबार, ०६ मङि्सर २०७५, १९ : ११ रेखा भुसाल

भैरहवा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारले विधिको शासन नमानेको आरोप लगाएका छन्। ओली सरकार बिरुद्ध अन्तिम लडाइ लडनु पर्ने बेला आएको उनको भनाई छ। ओली सरकारलाइ दुनीयाकै सबैभन्दा बढी भ्रष्टाचारी र स्वयच्छाचारी भएको उल्लेख गर्दै देउवाले सरकारको अधिनायकवाद बिरुद्ध कांग्रेस एक भएर अगाडि बढ्नु पर्ने बेला आएको बताएका हुन्।

राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनकालागि प्रदेश पाँचको भैरहवामा गरीएको कार्यशाला गोष्ठिलाइ सम्बोधन गर्दै सभापति देउवाले अधिनायकवादी सरकारबाट प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाइ नै खतरा रहेको दावी गरे।

कम्युनिष्ट अधिनायकवाद बिरुद्ध लडन कांग्रेस बलियो हुनु पर्ने भन्दै देउवाले अन्तरघातको पुरानो रोगबाट मुक्त भइ सरकारको सर्वसत्तावाद र स्वेच्छाचारी कदम बिरुद्ध लड्नु पर्नेमा जोड दिए। ‘हत्या हिंसा, बलत्कारका घटना बढीरहेका छन्। महंगीले जनता आक्रान्त छन्।  जनताले सुरक्षाको अनुभुती गर्न पाएका छैनन। यस्तो पनि बहुमतको शक्तिशाली सरकार हुन्छ’देउवाले भने।

 ‘माधव नेपालले ओली बिरुद्ध बोल्ने आँट गरीसके, बोली सके तर हाम्रा साथीहरुले सरकार बिरुद्ध एक शब्द बोल्दैनन्। किन बोल्दैनन् बुझन सकेको छैन’  देउवाले भने। पार्टी भित्र अन्तरघात गर्ने र सभापतिलाइ मात्रै दोष लगाएर पानी माथिको ओभानो बन्ने बेला नरहेको भन्दै उनले सरकारका गलत क्रियाकलाप विरुद्ध बोल्न आफ्नै नेताहरुलाइ आग्रह गरे। ‘खाली शेरबहादुरले यसो गर्यो उसो गर्यो भनेर मेरो मात्रै बिरोध गर्ने भा–नभाको बोल्दै हिडने ?'

'लोकतान्त्रिक पार्टीको जिम्मेवार नेता भएर ओली बिरुद्ध किन नबोल्ने? तपाइहरुमा हिम्मत छैन’देउवाले आफ्नै पार्टी नेताहरुलाइ प्रश्न गर्दै भने, 'अब यस्तो चालाले भएन तपाइहरुले पनि हिम्मत गर्नु पर्यो।’  अबको लडाइपार्टी भित्र नभइ कम्युनिष्टहरुसंग गर्नु पर्ने भन्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात र कलहलाइ छोडेर सरकारको अधिनायकका बिरुद्ध आवाज उठाउन आफ्ना नेताहरुलाइ आग्रह गरे।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले दुई तिहाइको सरकारले जनताको विश्वास गुमाइ सकेको बताए। ओली सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल हुनै  नदिने सडयन्त्र गरीरहेको भन्दै उनले नेपाली कांग्रेसले निरंकुशताको बिरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिए।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad