८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटनामा दुईको मृत्यु, चार घाइते

इलाम - इलामको साखेजुङमा जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका १ साखेजुङका ५६ वर्षीय कैलाश गुरुङ र साेहि स्थानका ४३ वर्षीय सुमन खनाल रहेका छन्।

इलाम बजारबाट शान्तिडाँडाको वाफरुङतर्फ जाँदै गरेको मे१ज ८१८ नम्बरको जीप दुर्घटनामा परेकाे हाे। कच्ची सडकमा गुडिरहेको जीप सडकबाट करिब सय मिटर तल खसेकाे थियाे। घाइते हुनेमा चालकसहित चार यात्रु रहेका छन्। उनीहरूको इलाम अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: ६ मंसिर २०७५ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App