८ वैशाख २०८१ शनिबार
समाज

विराटनगर नाकामा  मंसिरभित्रै अध्यागमन सञ्चालन हुने

विराटनगर- विराटनगर नाकामा मंसिर भित्रै अध्यागमन कार्यालय सञ्चालनको तयारी थालिएको छ। विराटनगर नाकामा मंसिर भित्रै अध्यागमन कार्यालय सञ्चालनको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

विराटनगर नाकामा स्थापना हुने अध्यागमन कार्यालयका लागि कर्मचारीसमेत खटीइसकेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए। अध्यागमन कार्यालयका लागि कर्मचारी खटीइसकेको भए पनि कार्यालय राख्ने भवनको टुंगो लाग्न नसक्दा विलम्व भइरहेको पाण्डेले बताए। ‘अध्यागमन कार्यलय राख्न स्वीकृति पाइसकेको भए पनि कार्यालय राख्ने भवनको टुंगो लाग्न नसक्दा स्थापनामा ढिलाई भइरहेको छ।’ पाण्डेका अनुसार विराटनगर नाका नजिकैको पशु क्वारेन्टाइन कार्यालयकै केहि कोठालाई अध्यागमन कार्यालयका लागि प्रयोग गर्ने तयारी गरिएको छ। पशु क्वारेन्टाइन कार्यालयको केहि कोठालाई अध्यागमन कार्यालय स्थापना गर्न  स्विकृतिका लागि पशुपंक्षी मन्त्रालयमा पठाइएको छ। पशुपंक्षी मन्त्रालयबाट स्वीकृति पाएपछि अध्यागमन कार्यालय सञ्चालनमा आउने पाण्डेले बताए। उनले भने‘अध्यागमन कार्यालय राख्न नाकामा उपयुक्त भवन नपाइएपछि पशुक्वारेन्टाइनको भवनलाई नै अध्यागमनका रुपमा प्रयो गर्ने तयारी थालिएको हो।’

कार्यालय भवनको टुंगो लागिनसके  पनि सो कार्यालयका लागि आबश्यक जनशक्तीको भने व्यवस्था भइसकेको पाण्डेले बताए। उनका अनुसार  कार्यालयका लागि एक जना अधिकृत र दुईजना नायव सुव्वा खटाइएको छ। मंसिर भित्रै कार्यालय उद्घाटनको तयारी गरिएकाले अब, विराटनगर नाकाबाटै तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गर्नसक्ने पाण्डेले बताए। विराटनगर नाकामा अध्यागमन कार्यालय राख्न बर्षौंदेखि विराटनगरका पर्यटन व्यवसायी र उद्योगी व्यवसायीले माग गर्दै आएका थिए। विराटनगर नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आए विराटनगर लगायत पूर्वकै पर्यटनमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायी भविश श्रेष्ठले बताए। अध्यागमन कार्यालय सञ्चालनमा ल्याउने सरकारको तयारीले  विराटनगरका  पर्यटन व्यसायी उत्साहित भएको उनको भनाई छ । उनले भने‘वर्षौंदेखि हामीले राख्दै आएको माग पुरा हुने क्रममा रहेकाले हामी उत्साहित भएका छौं।’ 

वुद्धधर्मको पवित्र तिर्थस्थल भारतको वोधगया विराटनगर नाकाहुँदै जान सिधा पर्ने भएकाले पनि अध्यागकन कार्यालय सञ्चालनमा आउँदा विराटनगरका पर्यटन व्यवसायीलाई फाइदा पुग्नेछ। हाल गया जान तेस्रो देशका पर्यटकहरूले विरगंज नाका प्रयोग गरिरहेको श्रेष्ठले बताए। विराटनगर नाकामा अध्यागमन कार्यालय नहुँदा यहाँ आउने पर्यटकहरू काँकडभिट्टा नाका हुँदै आउनुपर्ने बाध्यता थियो।

विराटनगरका व्यवसायीको अग्रसरतामा विराटनगरबाटै माउण्टेन फ्लाइट सञ्चालनमा आउन लागेको छ। विराटनगरका पर्यटन व्यवसायी विभिन्न आकर्षक योजना ल्याएर  सार्क राष्ट्र लगायत भारतहुँदै नेपाल घुम्न आउन चाहने तेस्रो देशका पर्यटकसमेत भित्राउने  तयारीमा छन्। विराटनगर नाकामा अध्यागमन सञ्चालनमा आएपछि भारत हुँदै नेपाल भ्रमणमा आउन चाहने र नेपाल हुँदै भरत जान चाहने पर्यटकलाई  आवत–जावतमा  सहज हुने र यहाँको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने पर्यटक व्यवसायीहरू बताउँछन्। 

प्रकाशित: ६ मंसिर २०७५ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App