coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान र मंसिर ११ लाई 'सामाजिक सुरक्षा' दिवस मनाउने निर्णय

काठमाडौं– सरकारले २५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान दिवस मनाउने निर्णय गरेको छ। सरकारले गरेका निर्णयहरु बारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हरेक वर्ष नोभेम्बर २५ लाई नेपालले हिंसा विरुद्धको अभियान दिवसका रुपमा मनाउने निर्णय गरेको जानकारी दिए।

कात्तिक २९ गते बसेको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो। यो निर्णयसँगै नेपालले मंसिर ९ गते लैंगिक हिंसा विरुद्धको दिवसलाई सरकारीस्तरमा राष्ट्रव्यापिरुपमा मनाउनेछ।यसअघि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म गैर सरकारीस्तरमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका रुपमा मनाइन्थ्यो। मन्त्री बास्कोटाले भने, ‘महिला हिंसालाई नियन्त्रण गर्न, निरुत्साहित गर्न, महिलाको सुरक्षा गर्न सरकार, सरोकार निकाय र नागरिक समाजको समेत सहभागितामा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।’

मंसिर ११ गते सामाजिक सुरक्षा दिवस

यसैगरी मंसिर ३ गतेको मन्त्रीपरिषदको बैठकले मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने निर्णय गरेको छ। यो दिवस पहिलो दिवस हो। प्रधानमन्त्रीले प्रज्ञा भवनमा दिवस शुभारम्भ गर्नेछन्।

जीवनको उत्तरार्धमा जीविका सहज बनाइ समाजवादको परिकल्पनालाई साकार पार्ने यो दिवसको उद्देश्य रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले जानकारी दिए।

प्रकाशित: ६ मंसिर २०७५ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App