१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार गठनकाे ९ महिना पुग्दा प्रतिपक्षी काँग्रेसकाे प्रश्नः सरकार छ र ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वमा दुईतिहाइको सरकार गठन भएको ९ महिना अवधि पूरा भएकैबेला नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रश्न गरेको छ, ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ?’

 बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शान्ति सुरक्षा, संघीयता कार्यान्वयन महंगीलगायत ९ छुट्टा बुदाँमा शर्माले सरकारप्रति पार्टीको धारणा सार्वजनिक गरेका हुन्। निर्मला पन्तको बलात्कार र हत्याको प्रसंग जोड्दै शर्माले सरकार जनताको जीउ घन रक्षामा असफल भएको आरोप लगाए। उनले भने, ‘निर्मला पन्तका बुवा आमा धर्नामा छन्। सम्माननीय प्रधानमन्त्री ज्यू यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भएको हो?’

ओली नेतृत्वको सरकारलाई उखान टुक्काको साहारामा चलेको भन्दै आएको कांग्रेसले आज सरकारको समिक्षामा पनि उखान कै साहारा लियो। शर्माले भने,‘सरकारको सुशासनको नारा नमच्चिने पिङको सय झड्का मात्र भयो।’सरकार आपैm संघीयता असफल गराउन लागि परेको आरोप समेत कांग्रेसले लगाएको छ। 

शर्माले ओली सरकार न्यायलयलाई पनि राजनीतिको अतिक्रमणमा पारेको बताए। नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको वास्तविकता रहस्यमय बनेको भन्दै कांग्रेसले यसमा गम्भीर घोटालाको आशंका गरेको छ । यस विषयमा गहिरो छानबिन गर्न कांग्रेसले माग गरेको छ। 

मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत भएको जिकिर गर्दै उनले २४ घण्टामै सार्वजनिक गर्ने प्रवन्धका लागि आग्रह गरे। विकासका सबै ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मम प्रतिकूल भएको आरोप कांग्रेसको छ।

अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही साता यता निरन्तर गिरावट आए पनि स्वचालित मूल्य निर्धारण प्रणालीलाई प्रभावकारी कार्यान्वयन सरकारले गर्न नसकेको आरोप उनले लगाए। 

 

प्रकाशित: ६ मंसिर २०७५ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App