७ वैशाख २०८१ शुक्रबार
समाज

दिउँसो टिपर चल्न लगाइएको रोक जायजः उच्च अदालत

 काठमाडौं – काठमाडौ उपत्यकामा दिउँसोको समयमा टिपर चलाउन नपाइने सरकारको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ।  निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित दायर रिट खारेज गरेपछि टिप्पर सञ्चालन लाई तोकिएको समयसिमा कायमै रहने भएको हो।  
स्वतन्त्र पूर्वक आफ्नो पेशा व्यवशाय गर्न पाउने अधिकार हनन भएको भन्दै ट्रक तथा टिपर व्यवसायीका तर्फबाट विरुण कन्स्ट्रक्सनले मंसिर ४ रिट दायर गरेको थियो।

तर अदालतले भने पेशा व्यवसायको अधिकार भन्दा व्यक्तिको बाँच्न पाउने अधिकार प्रमूख रहेको व्याख्या गर्दै रिट खारेज गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले उक्त रिट खारेज गरिदिएको हो। 

अदालतले व्यवसायको अनुमति दिने र नियमन गर्न पाउने अधिकार सरकारसँग हुने भन्दै रिट खारेज गरेको हो। 
अदालतले टिपर सञ्चालनका लागि सरकारले तोकेको समयभित्र पालना गर्नु व्यवसायीको कर्तव्य भएको भन्दै सोही अनुकुल गर्न गराउन आदेश गरेको छ।

प्रकाशित: ६ मंसिर २०७५ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App